Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा



dunai dolpa

२४ कात्तिक, दुनै, डोल्पा । हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका छन् ।
सदरमुकाम दुनै आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक उक्त कार्यक्रममा सो जानकारी गराइएको हो ।

विगत चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा)का जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीयस्तरबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिनुभयो ।

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले “पृथ्वीमा बढिरहेको तापमानले जलवायु परिवर्तनमा ठूलो असर पारिरहेको छ, यसप्रति समयमै नसोच्ने हो भने यसले भयावह अवस्था व्यहोर्नुपर्छ,” भन्नुभयो ।

उक्त कार्यक्रममा जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाएका छन् । पहिलोचरणमा साविकका लिकु, रह, काइगउँ, लावन र सहरतारा गाविसमा लापाले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जिल्ला संयोजक खनालले जानकारी दिनुभयो ।

चार वर्षदेखि डोल्पाका पाँचवटा गाविसमा सञ्चालन गरिएको उक्त उक्त कार्यक्रमअन्तर्गत पानी घट्ट निर्माण, सुधारिएको चुलो वितरण, वृक्षारोपण, नहर सुधार, नर्सरी निर्माण जस्ता कार्यक्रम गरिएको लापाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा