back

सञ्चारमाध्यममा साइबर क्राइम रोक्न नयाँ कानून आवश्यक

वि.सं.२०७४ कात्तिक २५ शनिवार

312 

shares
GLOBAL IME AD
NTC AD

२५ कात्तिक, काठमाडौँ ।  सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् ।

प्रेस काउन्सिले नेपालले शुक्रबार यहाँ ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिविआइ)सँग गरेको अन्तक्र्रियामा उनीहरूले अहिलेको विद्युतीय कारोबार ऐन, २०६३ ले साइबर क्राइम नियन्त्रण गर्न नसक्ने भएकाले नयाँ कानून आवश्यक भएको बताएका हुन् ।

कार्यक्रममा काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यमलाई बढी प्रेस स्वतन्त्रता दिँदा साइबर क्राइमजस्ता विकृति बढेकाले नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । साइबर क्राइम रोक्न काउन्सिल तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “सिआइबीसँग सहकार्य गरेर सञ्चारमाध्यमलाई मर्यादित बनाउन हामी तयार रहेका छौँ ।”

कार्यक्रममा सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले सञ्चारमाध्यमबाट नै साइबर क्राइम बढेकाले यसलाई रोक्न काउन्सिलले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । उच्च ओहोदाका व्यक्ति र सेलीब्रेटीका व्यक्तिगत विषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जती, लाञ्छना लगाउने गरी विषयवस्तु प्रसारित हुने गरेको बताउँदै विद्युतीय कारोबार ऐन, २०६४ ले अहिलेका विकृति रोक्नका लागि समस्या भएकाले परिमार्जन गर्नुपर्ने उहाँको जोड थियो ।

काउन्सिलका सदस्य ईश्वरी ओझाले सञ्चारमाध्यममा साइबर क्राइमसम्बन्धी विकृति आएकाले नयाँ कानून ल्याउन तयारी भएको बताउनुभयो । अधिवक्ता बाबुराम अर्यालले पत्रकारले आफ्नो पेशाप्रति इमान्दार भएर काम गर्ने हो भने साइबर क्राइम नबढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक २५ शनिवार ०३:५९ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...