back

‘पूर्वी चितवन महोत्सव’ शुरु,  नयाँ जोडीलाई ४० प्रतिशत छुटसहित हनिमुन प्याकेज

वि.सं.२०७४ कात्तिक २५ शनिवार

441 

shares
IME Limited
NTC AD

honymoonचितवनको रत्ननगरमा २४ कात्तिकदेखि पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ ।

रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औल्याए ।

झण्डै २०० कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा चाहिने सामग्री तथा विभिन्न जातजातिका विवाह संस्कृतिको प्रदर्शनी गरिने महोत्सव संयोजक निरज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसपालि सामूहिक विवाह समारोहमा कसैको पनि नाम दर्ता नभएकाले उक्त कार्यक्रम भने स्थगित गरिएको छ । महोत्सवमा सहभागी भएका विसं २०७४ का जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेजसमेत रहेको उहाँले जानकारी दिए ।

महोत्सवमा दुलही शृंगार, रत्यौली, मेहन्दी लगाउने प्रतियागिता, तेक्वान्दो प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, तथा नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले बताए ।

मंसिर ३ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, इन्दिरा जोशी, ज्योति मगर, पशुपति शर्मा, मिलन लामा, मनोज गजुरेल तथा स्थानीय कलाकारको समेत विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा रु ४० टिकट राखिएको र विद्यार्थीका लागि रु २५ तोकिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष मुनाकुमारी श्रेष्ठ तथा कमल सिग्देल, मञ्जरी घिमिरे, कैलाश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

वि.सं.२०७४ कात्तिक २५ शनिवार ०४:२४ मा प्रकाशित

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती...

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी) । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका...