
२५ कात्तिक, एजेन्सी । फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका फुटबल मेगास्टार नेयमारले आफुलाई पिएसजीका प्रशिक्षक युनाई एम्री तथा टिममेट एडिन्सन काभानीसँग कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । विभिन्न मिडियाहरुले प्रशिक्षक एम्रे तथा टिममेट काभानीसँग विवाद रहेकालले नेयमार पिएसजीमा खुसी हुन नसकेको समचार बाहिरिरहेको बेला नेयमारले आफु पिएसजीमा निकै खुसी रहेको बताएका छन् ।
उनले मिडियाहरुले नचाहिदो कथा बनाएर लोकप्रियताको लागि नचाहिदो हावा फैलाएको भत्र्सना समेत गरेका छन् । ब्राजिलका प्रशिक्षक टिटेले नेयमार पिएसजीमा निकै खुसी रहेको बताईरहेकै बेला साईडमा रहेका नेयमारले आँसु निकाल्दै बाहिरिएका थिए । अन्तराष्ट्रिय मैत्री पुर्ण खेलमा जापानलाई पराजित गरेपछि भाुवक हुदैँ कुरा गरेका नेयमारले आफूलाई विवादमा ल्याउन फ्रेन्च मिडियाले अनावश्यक प्रोपोगान्डा रचेको बताएका छन् ।
अघिल्लो साता फ्रिकिक तथा पेनाल्टी लिने विषयमा टिममेट काभानी तथा प्रशिक्षक एम्रीसँग विवाद भएको कुरा बाहिर आएको थियो ।
Neymar was moved to tears as Tite defended the under-fire Brazilian pic.twitter.com/lrrwZKR8us
— Goal (@goal) November 11, 2017