back

कथासंग्रह ‘कैरन’ सार्वजनिक

वि.सं.२०७४ कात्तिक २६ आइतवार

378 

shares

kairanकाठमाडौँ । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ ।

साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक शनिबार ( कात्तिक २५ गते) गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको आफ्नै मौलिक परम्परा भएकाले त्यसमा लेखक सफल रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कथाकारले आजको नेपाली समाजको विषयवस्तुलाई प्रस्तुत गर्नु भएको छ । अरु शैलीका लेखनभन्दा फरक शैली अपनाउनु भएको छ, त्यसकारण पनि यो विशिष्ट छ ।”

लेखक आहूतिले दन्त्य कथाको शैलीलाई आधुनिक तरिकाबाट भन्न खोज्दा धेरै खतराबाट गुज्रनुपर्ने बताउँदै उहाँले लेखक ध्रुवसत्यले खतरा मोलेको बताउनुभयो ।

लेखिका अर्चना थापाले मिथक शैलीमा कथा लेखिएको र आफूलाई पठनीय लागेको बताउनुभयो । “लेखकले किम्बदन्तीलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनु भएको छ”–उहाँले भन्नुभयो, “यस प्रकारको लेखन अरु लेखकको भन्दा फरक शैली हो ।”

नागरिक दैनिकका प्रधानसम्पादक लुईँटेलले कथाकार ध्रुवसत्यमा फरक प्रतिभा रहेको आफूले पाएको बताउनुभयो । “सँधै एउटै शैलीमा विषयवस्तुलाई प्रस्तुत गरियो भने त्यसले ठूलो अर्थ नराख्न सक्छ । तर त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ”–उहाँले भन्नुभयो, “साहित्य र पत्रकारिताबीच तादम्यता छ । कथाकारले हाम्रो समाजमा रहेका विभेद तथा समस्याहरू कथामा उल्लेख गरेको मैले पाएँ ।”

सांग्रीला बुक्सले प्रकाशन गरेको ‘कैरन’ कथा संग्रहमा लेखकका १२ कथा समेटिएको छ ।

वि.सं.२०७४ कात्तिक २६ आइतवार ०३:२० मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...