
२६ कात्तिक, काठमाडौं । यू – १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ८५ रन बनाएको हो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मदतमा ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकको रन बनाउन भने सकेनन् । भारतका लागि आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।