
ओमान । नेपाली हिमालयन बिनदोनी रेस्टुरेन्ट सललाह ओमानद्वारा आयोजित ‘तिहार, छठ पर्ब तथा ऊभौली विशेष’ सांगितीक कार्यक्रम सम्पन्न भएको छ । ओमानको सललाहस्थित होटेल हमदामको पार्टी हलमा सफलतापूर्वक सम्पन्न भएको थियो ।
नेपाली हिमालयन रेस्टुरेन्ट बिन दोनीका सन्चालक चन्द्रकुमार सुनवारको सभापतित्व तथा सुरेश परियारको सयोंजन रहेको उक्त कार्यक्रमको सञ्चालन प्रकाश ढकालको रहेको थियो ।
नेपाली हिमालयन रेस्टुरेन्ट बिनदोनीको स्पोन्सर अलि मतुकको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लोक गायक गायिकाहरु प्रकाश कटुवाल सर्जु अधिकारी र डिबि लोप्चन तामाङ तथा ओमानस्थित सघं संथाहरु ओमान नेपाली एकता समाज केन्द्रीय समितिका सल्लाहकार सालिकराम आचार्य, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका अध्यक्ष दिल प्रशाद पौडेल, गैरआवसीय नेपाली संघ ओमानका प्रतिनिधि सुशील पुन बिरही, बिबेकशील साझा पार्टी ओमानका सललाह प्रतिनिधि रेशम बस्याल, ओमान मगर संघका सल्लाहकार यामु थापा मगर, गुल्मी सेवा समाज ओमानका सललाह प्रतिनिधि जयराम ज्ञवाली, डिसी नेपाल डट कमका पत्रकार ऋषि वाग्ले, गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति सहलाहका सचिव मनोज घिमिरे स्थानीय समाजसेवि रत्ना भन्डारी, किरण भन्डारी, आशा देबि क्षेत्री तथा माया बि.क लगायत कार्यक्रमलाई सहयोग गर्ने ओमानी तथा नेपाली विशिष्ट ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । साथै ऐक्यबद्धता मासिक पत्रीका संसार न्युज डट कमका ओमान प्रतिनिधि तथा बज्जिका पत्रकार संघका पत्रकारको उपस्थिति रहेको थियो ।
सहिदहरु प्रति एक मिनेटको मौन श्रद्धाञ्जली अर्पण गरि मस्कट बाट सहलाह पुगेका विशेष अतिथि द्दार्रा कार्यक्रमको उद्घाटन गरिएको थियो । छबि भन्डारीको जोडदार स्वागत मन्तव्यले सबैलाई रमाइलो बनाएको थियो । संसद् भवनको रोस्टममा सांसदहरुको सम्बोधन भन्दापनि निखारताको साथ सबैलाई समेटिएको स्वागत मन्तव्यको सबैले प्रसंसा गरेका थिए ।
स्थानीय कलाकारले तथा आमन्त्रीत कलाकारद्वय सृजु अधिकारी, प्रकास कटुवाल र डीबी लोप्चनको दिएको सांस्कृतिक प्रस्तुतिले प्रस्तुतिले सबैलाई मन्त्र मुक्त पारेका थियो । सबै दर्शकहरू आ–आफ्ना दुखः वेदना भुलेर झुमेर नाचेका थिए ।
करिब चारसय नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गायक प्रकाश कटुवाल, डिबि लोप्चनले कार्यक्रमको बिच–बिचमा बजारमा चर्चा बटुल्न सफल भएका आफ्ना एल्बमहरुका गित तथा अन्य मिश्रित गीत गाएर सललाहबासी नेपालीलाई साथमा नचाएका थिए । त्यस्तै कार्यक्रमको बिशेश आकर्षकको रूपमा रहेकी चर्चित गायिका तथा नायिका सिर्जु अधिकारीले गीत गाउनुका साथै विभिन्न गितमा नृत्य गरेर स्टेज तताएकी थिइन् । डिसी नेपाल अनलाई पत्रिकाले कार्यक्रम सिधा प्रशारण समेत गरेको थियो ।
कार्यक्रमको प्रायोजक गोलोबल एक्सचेञ्ज, बुम रेमिटेन्स तथा अल रावन ईलोकट्रनिक रहेका थिए ।
सोही कार्यक्रममा सललाह क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका ब्यक्तित्वहरु र पिडामा परेका महिला पुरुषलाई उद्धारमा खटिएकी ब्यक्तीत्व किरण भण्डारीलाई दोसल्ला ओढाएर बिशेष सम्मान गरिएको थियो । सम्मानित हुने ब्यक्तिहरुलाई कार्यक्रमका अतिथिहरुबाट संयुक्त रुपमा खादा सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी नेपाली दूतावासलाई निमन्त्रणा पठाएता पनि दूतावासको कुनै प्रतिनिधि नआएको भन्दै सललाहमा कार्यरत नेपालीहरुले गुनासो गरेका थिए । उनीहरुले कतै एक रेष्टुरेन्टको आयोजनालाई ब्यक्ति बिशेष कार्यक्रम भनेर ध्यान नदिएको हो कि भन्ने गुनासो समेत गरेका थिए ।
उता नेपाली दुताबास ओमानले भने राजदूत तथा दुतावासले कसैलाई पनि उपेक्षा नगरेको बताउँदै कार्यक्रमको निबेदन र निमन्त्रणमा तालमेल हुन नसकेको तथा केही कार्यव्यस्तताका कारणले जान नपाईएको जनाएको छ ।
दूतावासले यहाँ कार्यर नेपालीहरु समक्ष आफ्ना कुराहरु राख्ने मञ्च प्रयोग गर्न कुनै पनि कार्यक्रममा जाने गरेको छ । यो महत्वपूर्ण र धेरै नेपाली दाजुभाइ दिदिबहिनीसँग सुखदुःख साटासाट गर्ने मौका चुकेको मानिएको छ । तर, छिटै दूतावासले सललाहमा कार्यरत नेपालीहरुको बिचमा पुगेरै सम्बोधन गर्ने प्रतिबद्धता समेत गरेको छ ।
सललाहक्षेत्रमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुका बिच मनोरंजनका साथै एक आपसमा सुख दुःख साट्ने अभिप्रायले राखिएको कार्यक्रम सफल रहेको आयोजक बिनदोनी नेपाली रेष्टुरेन्टका संचालकले बताएका छन् ।