back

मोरङ १ का उम्मेदवारको कार्यसूची -पर्यटन विकास

वि.सं.२०७४ कात्तिक २६ आइतवार

651 

shares

election-prades

२६ कात्तिक, उर्लाबारी,मोरङ  ।   मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ ।
पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन् । जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो । सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
यस निर्वाचन क्षेत्रको सबैभन्दा बढी पर्यटकीय क्षेत्रको सम्भावना बोकेको केराबारी गाउँपालिकामा अवस्थित जेफाले डाँडा हो । एक हजार ९७० मि उचाइमा रहेको जेफाले दृश्यावलोकन स्तम्भबाट पूर्वका १६ जिल्लाका साथै सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न सकिन्छ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडाले छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकको मन लोभ्याउने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले घरबास कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ । आवश्यक प्रचारप्रसार र त्यहाँसम्म पुग्ने सडक यातयातको समस्याले गर्दा भने सो पर्यटकीय क्षेत्रको विकास तीव्र रुपमा हुन सकेको छैन ।
मोरङ–१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का घनश्याम खतिवडाले रासससँग कुरा गर्दै जेफाले डाँडालाई प्रदेश नं १ कै एउटा मुख्य पर्यटकीय क्षेत्र बनाउन सबैभन्दा पहिले पूर्वपश्चिम राजमार्गबाट सहज रुपमा सडक यातायात विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सडक सञ्जालले यस क्षेत्रलाई जोड्न सकेमा धनकुटाको भेडेटार जस्तै पूर्वी नेपालको पर्यटन केन्द्रका रुपमा विकास गर्न सम्भवाना छ । उहाँले भन्नुभयो “जेफालेसहित यस क्षेत्रमा रहेका अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गर्दै स्थानीयवासीको जीवनस्तरमा सहयोग पु¥याउनु मेरो लक्ष्य रहनेछ ।”
यस्तै सोही निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार जिल्ला सभापति एवं पूर्वसांसद डिगबहादुर लिम्बूले पनि यस क्षेत्रको पर्यटकीय विकासलाई नै आफ्नो मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उत्तरी मोरङमा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि राजनीतिक अस्थिरताले विकास हुन नसकेको बताउँदै नेता लिम्बूले आगामी निर्वाचनमा आफू विजयी भएमा आफ्नो मुख्य ध्यान यसैमा केन्द्रित रहनेछ भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा सिमसारको शहरका रुपमा चित्रित उर्लाबारी नगरपालिकामा छ सिमसार क्षेत्र, मिक्लाजुङ डाँडा, नेसेलुङ डाँडा, गुफापोखरी, धोजेडाँडा, राजारानी ताल, जाँते झरना, धिमाल ग्रामथान, चुलीपोखरीलगायत क्षेत्रले पर्यटकीय सम्भावना बोकेकाछन् ।
हाल चुनावी प्रचारप्रसार अभियानमा पनि यी दुवै उम्मेदवारले पर्यटकीय क्षेत्रको विकाससँगै विकास निर्माणलाई नै मुख्य कार्यसूची बनाउनुभएको छ । सडक यातयातको विस्तार र विकाससँगै उत्तरी मोरङलाई पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्ने भन्दै दुवै उम्मेदवार मत माग्न मतदाताकहाँ पुग्ने गर्नुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि यी दुवैबीच प्रतिस्पर्धा भएको थियो जसमा लिम्बूले दुई हजार २१३ मतान्तरले खतिवडालाई हराउनुभएको थियो ।
सो निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता छन् ।

वि.सं.२०७४ कात्तिक २६ आइतवार ०६:१३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...