Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने पुर्व प्रधानमन्त्री खनालको प्रतिवद्धता



jhalnath khanal

२६ कात्तिक, इलाम ।  नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गर्नुभएको छ ।

माई नगरपालिका– १० मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताउनुभयो । “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र काँग्रेस अत्तालिएका छन्,”, उहाँले भन्नुभयो ।

निर्वाचनपछि आर्थिक समृद्धिको बाटामा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गर्नुभयो ।

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू