back

‘दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक’

वि.सं.२०७४ कात्तिक २६ आइतवार

318 

shares
GLOBAL IME AD
NTC AD

२६ कात्तिक ,  बागलुङ ।  पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला रहेको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने बताउनुभयो । “ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ”, घर्तीले भन्नुभयो, “जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।” अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उहाँको भनाइ छ ।

विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) की नेत्री घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने विचार राख्नुभयो ।

“वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको हो”, उहाँले भन्नुभयो, “यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।”
संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधँै पैरवी गर्ने घर्तीले बताउनुभयो । “संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ” घर्तीले भन्नुभयो, “यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पु¥याउँछ ।” महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उहाँको भनाइ छ ।

वि.सं.२०७४ कात्तिक २६ आइतवार ११:०० मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...