back

कतारमा अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन

वि.सं.२०७४ कात्तिक २६ आइतवार

282 

shares
NTC AD
Global IME AD

october-sata-barsiki-in-qatar-2

उद्धव मगर दोहा, कतार
नोभेम्बर १० का दिन कतार नेपाली एकता समाजद्धारा आयोजित शतवार्षिकी कार्यक्रम ‘अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिढिबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं’ भन्ने मूलनाराका साथ समापन भएको छ ।

 कार्यक्रमका सञ्चालक समाजका महासचिव खिम बूढा मगरको सन्चालनमा रहेको उक्त कार्यक्रममा देशमा भएका ठूला साना संघर्षमा आहुति दिने ज्ञात अज्ञात योद्धाहरुप्रति एक मिनेट र्मौनधारण गरिएको थियो । मौनधारण पश्चात यस कार्यक्रमलाई सफलपार्न आउनु भएका सम्पुर्ण अतिथीहरुलाई संस्थाका सचिव विष्णु थापाले स्वागतगर्नु भएको थियो भने यस कार्यक्रममा प्रमुख अतिथी अन्तर्राष्ट्रिय नेपाली समाजका सल्लाकार अर्जुन थापा, अध्यक्षता समाजका अध्यक्ष लुमाकान्तप ुन मगर, र पूर्व अध्यक्ष दावा लामा, द्धितिय उपाध्यक्ष रामइन्द लथिङ, सचिवालय सदस्य हेमन्तवाईवा, के.स कोषाक्ष्यक्ष धनबहादुर परियार, महिला विभागका अध्यक्ष अमिना खान, अब हुन गईरहेको प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका अध्यक्ष हरि प्रसाद शर्मा, रक्तिम विभागका सल्लाहकार खगेश्वर भूषाल तथा एरियाबाट उपस्थि रहनु भएका सनैया लेवर सिटीका अध्यक्ष रेशम रोका, सलता एरिया, शालिक राम पुन, सहलिया एरियाकाअध्यक्ष लक्ष्मण कोईराला, दोहा एरिया समितिका गिरी काउछा मगर, मन्सुरा एरिया अध्यक्ष जे.वि राउत सनैया एरिया अध्यक्ष थमन थापा उपस्थित रहनु भएको थियो । अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्देश्य र औचित्यको विषयमा प्रस्ट पार्नु भएको थियो । अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा विश्वव्यापी कार्यक्रम हो त्यसको लागि हामीले एक वर्षको समय निर्धारित गरेको बताउँदै यही बीचमा विभिन्न कारणबस पनि शतवार्षिकी कार्यक्रम तीब्ररुपमा अगाडी बढी रहेको अवस्थामा आगामी दिनहरुमा जोडदार रुपमा निरन्तरता दिने उहाँले बताउनु भएको छ ।

october-sata-barsiki-in-qatar-1

यस्तै गरी महिला विभागका अध्यक्ष अमिना खानले आफ्ना भनाई राख्दै भन्नुभयो यो शतवार्षिकी कार्यक्रम यहाँ मात्रै सिमित नभई संसारभर आयोजना भइरहेको जानकारी गर्दै अब आउने दिनहरुमा आममहिला दिदीबहीनीले समान हक अधिकारका लागि लडी रहेको अवस्थामा महिला दिदीबहिनीहरु एक भएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । अन्तमा यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुन मगरले कार्यक्रम विधिवत रुपमा कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

वि.सं.२०७४ कात्तिक २६ आइतवार १५:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...