Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

खेल्ने क्रममा भेटिएको पुडिया खाँदा दुई बच्चा बिरामी



२७ कात्तिक, महोत्तरी । बाटोमा भेटृाएको पुडिया खाएपछि महोत्तरीमा दुईजना बच्चा विरामी परेका छन् । बालीनालीमा प्रयोग गरिने विषको पुडिया खानेकुरा सम्झेर खाँदा महोत्तरीको गौशाला नगरपालिका–८ वेलगाछीमा एकैघरका दुईजना बालक विरामी परेका हुन् ।

गौशाला नगरपालिका–८ वेलगाछीका रामविलास ठाकुरका ५ वर्षीय उद्घव ठाकुर र ३ वर्षीय उदय ठाकुर खेल्नेक्रममा विष सेवन गरेपश्चात् विसञ्चो महशुस गरेको र पछि बारम्बार उल्टी गरेपछि विष सेवन गरेको आशंकामा गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

त्यहाँ विष सेवन गरेको पुष्टि भएको र तत्कालै थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको अस्पताल स्रोतले जनाएको छ । दुईजनामध्ये उद्घवको स्थिति गम्भीर भएको बताइएको छ ।

घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा ती दुई बच्चाले सडकमा फालिएको विषको पुडिया खानेकुरा सम्झेर खाएको खुलासा भएको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको