back

जन्म र मृत्यु संस्कारसँग जोडिएको अनौठो ‘भुस पोल्ने’ पर्व

वि.सं.२०७४ कात्तिक २७ सोमवार

345 

shares

bhus-parba बागलुङ । ताराखोला गाउँपालिका–२ अर्गलको मगर समुदाय अहिले ऐतिहासिक ‘भुस पोल्ने’ पर्वमा रमाइरहेको छ ।

सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई उनीहरुले धुमधामसँग मनाउने गर्छन् । चार दिनदेखि चलिरहेको पर्वको मुख्य दिन आइतबार पूर्वसभामुख ओनसरी घर्ती सरिक हुनुभएको छ । पर्वलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक सम्पदा र संस्कृति मुलुकका धरोहर रहेको बताउनुभयो ।

घर्तीले मुलुकको पहिचान स्थापित गर्न सबै जातजाति, धर्म, संस्कृतिका समुदायको योगदान रहेको उल्लेख गर्नुभयो । “पर्व, रीतिरिवाजमा हामी सम्पन्न छौँ, मात्र संरक्षण र उत्थानको खाँचो छ”–घर्तीले भन्नुभयो । उहाँले मगर समुदाय भाषा, कला र संस्कृतिले झन् धनी रहेको तर्क गर्दै आफ्नो पहिचानको रक्षामा जुट्न मगर समुदायलाई आग्रह गर्नुभयो ।

धवलागिरि क्षेत्रमै चर्चा कमाएको ऐतहासिक भुस पोल्ने पर्वलाई अर्गलबासीले वर्षदिनकै उत्सवका रुपमा लिने गरेका छन् । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यसपर्वको प्रवद्र्धनमा अर्गल खेलकुद विकास मञ्चले पहल लिएको छ ।

मञ्चकै आयोजनामा बर्सेनि कात्तिक महिनामा ‘भुस पोल्ने पर्व’ लाई फेरिँदो रुपमा मनाउन थालिएको हो । मगर बाहुल्य रहेको अर्गलका अन्य समुदायको समेत सक्रियतामा भुस पोल्ने पर्वको उत्थानमा टेवा पुगेको मञ्चले जनाएको छ । अर्गलका रैथाने घर्तीमगरहरुले सयौं वर्षदेखि मनाउँदै आएको भुसपोल्ने पर्वमा पछि विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो ।

मञ्चले प्रतियोगितात्मक खेलकुद, सांस्कृतिक कार्यक्रम सहित पर्वको आयोजना गर्ने गरेको छ । आफ्ना पुर्खाहरुले खोरिया खनी थातथलो बसाएको स्मृतिमा बर्सेनि कात्तिक २४ गते भुस पोल्ने र कात्तिक २६ गते छापे खन्ने गरिएको स्थानीय संगम घर्तीमगरले बताउनुभयो ।

मगर अगुवाहरुका अनुसार पाल्पाको अर्गेलीबाट आएका आफ्ना पुर्खाहरुले खोरिया खनेको र बाली लगाउन सुरु गरेको दिनलाई भुस पोल्ने पर्वको संज्ञा दिई मनाउने गरिएको हो । भुस पोल्ने पर्वलाई भूमि र श्रमको पूजाको रुपमा लिन सकिने घर्तीमगरको भनाइ छ ।

लामो इतिहास र सांस्कृतिक महत्व बोकेको भुस पोल्ने पर्वको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ । भुस पोल्ने पर्व जन्म र मृत्यु संस्कारसँग समेत जोडिएको छ । हरेक वर्ष कात्तिक २४ अगावै जहिले मुत्यु भएपनि मृतकका परिवारमा गरिने मृत्यु संस्कार, बरखी, दुख कात्तिक २६ गते समाप्त हुने प्रचलन छ ।

कात्तिक २४ गतेपछि मुत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने मगर अगुवा पहलमान घर्तीमगरले बताउनुभयो । कात्तिक २६ गते आफ्ना छोरी, भाञ्जाभाञ्जीलाई घरमा बोलाइ दान दक्षिणा दिई मुत्यु संस्कार पुरा गर्ने चलन रहेको घर्तीमगरको भनाइ छ ।

कात्तिक २४ गते विधिवत पूजाआजा गरी समुदायको स्वामित्वमा रहेको शङ्खुबारीमा भुस पोल्ने र कात्तिक २६ गते अविवाहित युवायुवतीहरुले छापे खन्ने र विवाहितहरुले बीउ छर्ने गर्छन् ।

त्यसरी छरिएको बीउबाट उब्जेको बाली समुदायकै ज्येष्ठ व्यक्ति भएको घरमा राख्ने गरिएको छ । शङ्खुबारीमा लगाइएको बाली रेखदेख र प्रयोग गर्ने घरलाई शङ्खुघर नामाकरण गर्ने चलन समेत छ । अर्गलमा पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गेलीबाट पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरहरु आई बसोबास गरेको बताइन्छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०२:५२ मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा...

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

एनपिएलः सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले...

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण...

विद्युतीय गाडीले घटाएनन् भाडा

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा...