back

हक अधिकारका लागि मधेशवादी दललाई विजयी गराऔँ : अध्यक्ष यादव

वि.सं.२०७४ कात्तिक २७ सोमवार

534 

shares

upendra-yadav२७ कात्तिक, राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारबाट चुनावी अभियान थाल्नुभएको छ ।

गत २०७३ फागुन २३ गते प्रहरीद्वारा सप्तरीको मलेठमा मारिएका ५ जना सहिदको सम्झना गर्दै चुनावी प्रचार–प्रसारको शुरुवात गर्नुभएको हो ।

उहाँले मलेठमा शहीद भएका पाँचैजनाको तस्विरमा माल्र्यापण समेत गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष यादवले वर्षौँदेखि उपेक्षित, उत्पीडित र शोषणमा परेका मधेशी जनताको हकअधिकार सुनिश्चितताका लागि मधेशवादी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजपा -फोरम गठबन्धनलाई नै २ नं. प्रदेशमा भोट दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

बाम गठबन्धनका उम्मेदवार एक सातादेखि नै प्रचारप्रसारमा जुटेको भएपनि उपेन्द्र यादवले भने आजदेखि चुनावी प्रचारमा लागेको फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायत सयौँजनालाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान सुरु गर्नुभएको फोरम नेपालले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०३:०५ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...