back

“नाम भने सुब्बीनी, कसरी उभ्भीनि”

वि.सं.२०७४ कात्तिक २७ सोमवार

396 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 लोकतान्त्रिक मोर्चाको नाउमा भएका सभा अन्र्तवार्ता, अन्तरंग कुराकानी जतापनि सुनिएकै छ । यदि नेपालमा कम्युनिष्टहरुले जिते भने रुनु पाउदैन । यिनीहरुले साम्यवाद ल्याउँछन अझ प्रधानमन्त्री तथा नेपाल्री कांग्रेसका सभापति शेरबहादुर देउवा त ०४८ सालमा निर्वाचन लड्दा पनि कम्युनिस्टहरुले ६० वर्षमा गोली ठोक्छन भन्दै भाषण गर्नुहुन्थ्यो । अहिले ३० वर्ष पनि भन्दै हुनुहुन्छ वामपन्थिहरुले सत्तामा पुगे रुनु पाइन्दैन । 

puspalal-pandey

२७ कात्तिक, काठमाडौँ । ‘‘उहिले कुनै जमानामा यस संसारमा सुर्य मात्रै थिए । चन्द्रमा नभएको त्यस समयमा रात पर्ने कुरै भएन । रात भएपछि सुर्यअस्त हुने कुरै भएन त्यसकारण त्यो बेला भोली र हिजो को त कल्पनै गर्न सकिएृन । भोली र हिजो अर्थात भविष्य र भूत कुनै नभएपछि सबै आज अर्थात वर्तमान । ’’

यति अनुच्छेद दिएपछि विद्यार्थीलाई प्रस्त सोधियो ।
तिमि कहिले जन्मेको ? उत्तर आयो ‘‘आज’’
विहे कहिले गर्यो ? फेरि पनि उत्तर ‘‘आज’’
यो रमाईलो क्रिया प्राथमिक विद्यालयको विद्यार्थी हुँदा आजभन्दा ३० वर्ष पहिले हाम्रा गुरु बावु लाल भण्डारीले हामिलाई सुनाउनु भयो । ३० वर्षपछि गुरुले सुनाउनु भएको उक्त कृया अहिले पनि उत्तिकै सान्र्दभिक देखिएको छ । गुरुले सुनाउनु भएको काल्पनिक कथा अहिले हाम्रो यथार्थ जस्तो भएको छ ।
अझ वामपन्थि सहकार्य र वाममोर्चा निर्णय पक्रिया अगि बढेपछि गुरुले सुनाएको उक्त कथा काल्पनिक होईन वास्तविक बनेको छ । लोकतान्त्रिक मोर्चाको नाउमा भएका सभा अन्र्तवार्ता, अन्तरंग कुराकानी जतापनि सुनिएकै छ । यदि नेपालमा कम्युनिष्टहरुले जिते भने रुनु पाउदैन । यिनीहरुले साम्यवाद ल्याउँछन अझ प्रधानमन्त्री तथा नेपाल्री कांग्रेसका सभापति शेरबहादुर देउवा त ०४८ सालमा निर्वाचन लड्दा पनि कम्युनिस्टहरुले ६० वर्षमा गोली ठोक्छन भन्दै भाषण गर्नुहुन्थ्यो । अहिले ३० वर्ष पनि भन्दै हुनुहुन्छ वामपन्थिहरुले सत्तामा पुगे रुनु पाइन्दैन ।

अल्पमत मिलिजुली सरकारले धोती खुस्काएर आखाँ छोपिदिएको लोकतान्त्रिक गठबन्धन लाई समयका तीन कालको बारेमा जानकारी नहुनु स्वाभाविकै हो । सायद त्यसैले होला देउवालाई वर्तमान भन्दा अन्य कालको वारेमा होस छैन । त्यसैले ३० वर्ष अगाडिको तन्द्रामा फेरि भन्दैछन । कम्युनिस्टहरु आए हुन पाउदैन् । 

तीन दशक वितिसक्दा पनि शेरबहादुरका लागि अझै रात नपरेको देखिन्छ । लोकतान्त्रिक मार्चाका नेताहरुलाई ३० वर्षसम्म पनि घाम अस्ताएको अध्यारो भएको र फेरि सुर्यदय भएको पत्तो नै भएन जस्तो छ । होस पनि कसरी ०५१ सालमा पहिलो पटक नेपालमा वाम सरकार वन्यो । देउवाले भाषण गरेभन्दा बेग्लै मनमोहन सरकारले ६० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई गोली ठोकेको । बरु वृद्ध भत्ता दिएर सम्मान गर्यो । देउवा र उहाँको कथ्रीत प्रजातन्त्रको धोति त्यहिबाट फुस्कीन सुरु भैसकेको थियो । अल्पमतकै सरकारले फुत्क्याईदिएको धोती फेरि सम्हालेर लगाउन नपायदै ०७२ मा मिलिजुली सरकार बन्यो केपी ओलीको नेतृत्वमा । जुन सरकारका जनपक्षिय काम बाट अत्तालिएर देउवाहरु धोती समाएर दिल्ली पुग्नु पर्यो ओली सरकार ढाल्न ।
अल्पमत मिलिजुली सरकारले धोती खुस्काएर आखाँ छोपिदिएको लोकतान्त्रिक गठबन्धन लाई समयका तीन कालको बारेमा जानकारी नहुनु स्वाभाविकै हो । सायद त्यसैले होला देउवालाई वर्तमान भन्दा अन्य कालको वारेमा होस छैन । त्यसैले ३० वर्ष अगाडिको तन्द्रामा फेरि भन्दैछन । कम्युनिस्टहरु आए हुन पाउदैन् ।
देउवालाई के थाहा समय, दिन, रात, साता, महिना र वर्ष हुँदै २६ वर्ष पुगीसक्यो ०४८ पछि ०७४ साल लागिसक्यो तर, उनको चेतनास्तर उती पुरानै छ । बालकथाले भनेजस्तै ।
फेरि लोकतान्त्रिक गठबन्धनको अवस्था बाल्यकाल गुरुकै पछिल्लो फेसबुक स्टाटसमा जस्तै भएको छ, ‘‘ नाम भने  सुब्बीनी ,  के खाएर उभ्भीनी ।’’ आफुलाई प्रजातन्त्रको मसीहा थान्ने लोकतान्त्रिक गठबन्धन अहिले एजेन्डा विहिन भएको छ । प्रजातन्त्रको अलापमा राग ताल सुरुको संयोजन हुन नसक्दा गठबन्धनको आवाज कर्कस बन्दै गईरहेको छ । यस्तै कर्कस स्वारमा ०४८ आसपासमा बोलीने बोली फेरि सुरु भएको छ । अर्थात बाल कथाको वर्तमान फेरि दोहोरिएको छ ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०८:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बढ्दो जनसंख्या कस्तो ?

बढ्दो जनसंख्या कस्तो ?

काठमाडाैं । आज जुलाई महिनाको ११ तारिक विश्व जनसंख्या दिवस...

चार महिना भारतको अस्पताल बसाई

चार महिना भारतको अस्पताल बसाई

यस्तो कसरी भयो ? भन्नुस त ? सुन्नुभएन । तपाई...