back

डडेल्धुरामा चुनावी अभियान तीव्र, प्रधानमन्त्रीलई खगराज भट्टको कडा चुनौती

वि.सं.२०७४ कात्तिक २७ सोमवार

483 

shares
IME Limited
NTC AD

chunab

२७ कात्तिक, डडेल्धुरा ।  डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ ।जिल्लामा नेपाली काँग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टीलगायत दलले चुनावी अभियान तीव्र पारेका छन् ।

काँग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ । वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आउनुभएको छ ।

प्रदेशसभा ‘क’ मा काँग्रेसबाट रघुवर भट्ट र (ख) मा कर्ण मल्ल उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार रहनुभएको छ ।

“अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का काँग्रेस उम्मेदवार भट्टले भन्नुभयो । विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ काँग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजनासहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताउनुभयो ।

“जिल्लाको समृद्धि वाम गठबन्धनका उम्मेदवार जिताए मात्र सम्भव छ,” उहाँले भन्नुभयो ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०८:३७ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...