back

पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या

वि.सं.२०७४ कात्तिक २७ सोमवार

513 

shares
GLOBAL IME AD
NTC AD

२७ कात्तिक, राजविराज । पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावत गर्नमा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासोे छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–४ स्थित पकरी–भारदह सडकखण्डको अर्जीदेखि गंगापुर हँुदै ढोरबा चोकसम्म करिब डेढ किमी बाटो गत साउनमा आएको बाढीले कटान गरेपछि अहिले आवतजावतमा समस्या भएको उनीहरूको भनाइ छ ।

सो बाटो बाढीले कटान गरेपछि अरुको धान खेतबाट हिँड्नुपर्ने बाध्यता रहेको हनुमाननगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले बताउनुभयो ।

त्यस्तै कटान गरेको बाटो मर्मत नहुँदा सो बाटो भएर दैनिक भारदह बजार जाने हजारौँ मनिस र सयौँ गाडी बाटोको बगरमा रहेको धानखेत मासेर हिँड्नुपर्ने बाध्यता भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पनि बाटोघाटो मर्मत नहुँदा स्थानीयवासी एकदमै निराश भएको सोही ठाउँका अर्का व्यक्ति रामदेव साहले बताउनुभयो ।

सो क्षेत्रका गोइठी, डिवन, लवलगर, बतनाहा, सोनरा पकरीलगायत दर्जनौँ गाउँका मानिस उक्त बाटो भएर आवतजावत गर्ने गरेकाले यसप्रति सम्बन्धित निकायले बाटो मर्मत नगर्दा धान खेत मासेर हिँड्नुपर्ने बाध्यता रहेको अर्का व्यक्ति सञ्जीव गोइतको गुनासो थियो ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै तत्काल मर्मतका लागि आफ्नो खल्तीबाट भए पनि केही ठाउँमा मर्मतको काम शुरु गरिएको हनुमाननगर कंकालनी नगरपालिका–४ का वडाध्यक्ष नागेश्वर मण्डलले बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार १०:०९ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...