Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै काम गरिँदै



muglin

२८ कात्तिक, चितवन   ।  नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ ।
वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनका समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको हो ।

सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि गाडी रोकेर भित्तो काट्ने काम थालिएको हो ।

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताउनुभयो ।

सडकको नारायणगढबाट १६ किमी ३०० मि, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी ३०० मि क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इ शिव खनालले बताउनुभयो ।

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । इ खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मि हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उहाँले बताउनुभयो । आगामी फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको बताइएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मि फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मि फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३