back

नमुना मतदान गर्दै मतदाता भन्छन्, “झन्झटिलो मतदान प्रक्रिया”

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

261 

shares
NTC AD
Global IME AD

matdan

२८ कात्तिक, बेँसीशहर, लमजुङ । सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो ।

मतदानका लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । डोरी टाँगेर बनाइएको मतदान केन्द्रमा तीनवटा फरकफरक बक्साका साथै तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो ।

झट्ट हेर्दा लाग्थ्यो मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका कर्मचारीले पालैपालो मतदातालाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपालो मतदान गर्दै बाहिर निस्किएका थिए ।

मतपत्र खसालेका मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झण्झटिलो भएको प्रतिक्रिया दिए । नमूना मतदान गरेपछि सर्वसाधारणको यस्तो प्रतिक्रिया आएको हो ।

नमूना मतदानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झण्झटिलो देखिएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटकसम्म ओहोरदोहोर गर्नुपर्दा गर्दा झण्झटिलो भएको नमूना मतदान गर्नुभएकी बँेसीशहर निवासी सिर्जना श्रेष्ठले बताउनुभयो ।

“स्थानीय तह निर्वाचनमा पनि यस्तो झण्झट भएको थिएन” श्रेष्ठले भन्नुभयो “तीनवटा मतपत्रका लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।” स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रक्षत्यतर्फ मतदान गर्न निकै सजिलो भएकामा समानुपातिकतर्फ भने धेरै चुनाव चिह्न भएकाले धेरै मतदाता अलमलिने बेँसीशहरकै सविता वाग्लेको भनाइ थियो ।

“प्रक्षत्यतर्फ त ठीकै हो, सजिलो लाग्यो” वाग्लेले भन्नुभयो “समानुपातिक मतपत्रमा त आँखा नै तिरमिराए, चिह्न भेट्टाउनै मुस्किल पर्ने रहेछ ।” नमूना मतदान गर्नुभएका बेँसीशहरकै सिराज मियाले पनि समानुपातिकमा अलिक बढी समय लाग्ने जानकारी दिनुभयो । “समानुपातिक मतपत्र ठूलो र चिह्न धेरै हँुदा अलिक अलमलिदो रैछ” मियाले भन्नुभयो “आफूले खोजेको चिह्न देख्नै समय लाग्यो ।”

निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हाली सक्ने समय आँकलन गरेको छ । प्रक्षत्यतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ । “प्रक्षत्यमा समय लाग्दैन” तिमिल्सेनाले भन्नुभयो “समानुपातिकमा मतपत्र ठूलो भएकाले केही बढी समय लाग्न सक्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले बेँसीशहरमा नमूना मतदान गराएको हो । बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको उत्त कार्यालयले जनाएको छ ।

बेँसीशहरसहित सुन्दरबजार, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा नमूना मतदान गराउन थालिएको छ । नमूना मतदानको क्रममा केही मतदाताले स्थानीय तहको निर्वाचन झै एकै लाइनका एकभन्दा बढी चिह्नमा मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

नमूना मतदानमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललगायत कार्यालय प्रमुख, जिल्लाका सञ्चारकर्मीको उपस्थिति थियो ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ११:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...