back

माथिल्लो कर्णालीको सम्झौता म्याद थप तत्काल खारेज गर्न माग

वि.सं.२०७४ कात्तिक २९ बुधवार

702 

shares

upper-karnali२९ कात्तिक, काठमाडौँ । माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान केन्द्रीय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकामा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोड्दार माग गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्बमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्ब पु¥याएर रु ८५ अर्ब संस्थागत भ्रष्टाचार भएको आरोप लगाइयो । समितिले उक्त सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको बताइयो ।

प्रा डा सुरेन्द्र केसीले नेपालको विकासका आधार जलस्रोत भए पनि विसं २००७ देखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठूल्ठूला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको विचार व्यक्त गर्नुभयो ।

माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, वरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकूल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट उल्लेख भए पनि सरकारले माथिल्लो कर्णालीलाई जालसाजीका आधारमा सम्झौता गरेर निर्णय गरेको बताउनुभयो ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सीताराम तामाङले सरकारले हिजो सम्झौताको म्याद एक वर्ष थप गर्ने गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ कात्तिक २९ बुधवार ०३:०५ मा प्रकाशित

Himalayan Life AD
तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई...

यस्तो छ आजको नेपाली बजारमा लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको नेपाली बजारमा लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

  काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले...