back

गाईको पूजा गरी चुनावी अभियान शुरु ग¥यो राप्रपाले

वि.सं.२०७४ कात्तिक २९ बुधवार

771 

shares

bikram-thapa

२९ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिनाथको मन्दिर क्षेत्रमा गाईको पूजा गरी चुनावी अभियान शुरु गरेको छ ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले गाईको पूजा गरी अभियानको शुभारम्भ गर्दै मुलुकमा वैदिक संस्कृति र सभ्यताको संरक्षण गर्न हिन्दू राष्ट्रको पहिचानलाई कायम राख्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

संविधानप्रति पार्टीको आंशिक समर्थन रहेको छ, उहाँले भन्नुभयो —“हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था स्थापित गर्ने विषयमा राप्रपा प्रतिबद्ध छ ।”

पार्टीका प्रवक्ता भुवन पाठकले वैदिक मान्यतालाई स्थापित गरी मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि पार्टीले साङ्केतिक रुपमा पूजा गरी अभियान थालेको बताउनुभयो ।

कार्यक्रममा सो पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा रहेको थियो । उक्त पार्टीको चुनाव चिह्नसमेत गाई रहेको छ ।

वि.सं.२०७४ कात्तिक २९ बुधवार ०३:११ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...