सुरेश गुरुङ, कुबेत । गत २०७० साल बैशाख १२ गते गएको भुकम्पका कारण भत्किएको नवलपरासीस्थित स्कुल बाल कन्या माध्यामिक बिधालय देधगौनटार ६ नवलपरासीलाई आर्थिक सहयोग गरिएको छ ।
स्कुलको भवन भत्किएर अलपत्र अवस्थामा रहेको भवनका लागि कुवेतमा कार्यरत पत्रकार छविराम सुनारको पहलमा सहयोग स्वरुप १४ हजार रुपैयाँँ सहयोग गरिएको हो । कुवेतमा कार्यरत छविराम सुनारको पहलमा सो गाउँका साथी भाइहरुबाट उक्त सहयोग जुटाइएको हो । सो रकम रेडियो रामपुर पाल्पा पत्रकार वीरबहादुर बि.क को नाममा पठाएको सुनारले बताए ।
प्रवासमा रहेर आफ्नै सहकर्मीहरुबाट मिलेको यो सहयोगले आफु जन्मेको ठाउँलाई केही त गर्नु पर्छ भन्ने उद्देश्यसहित अगाडि बढेको आफ्ना पाईलाहरुमा थप प्रेरणा मिलेको बताउनु भएको छ । बाल कन्या स्कुल अहिले नवलपरासी जिल्लाको नयाँ टप नमुनाको रुपमा रहेको छ भने यस स्कुलमा २५० जान बिद्यार्थी र १२ जान शिक्षक रहेको छ ।
छबीराम सुनार हाल कुबेत रोजगारीको सिलसिलामा अल्ल मुल्लएक्स्च कुबेतको मर्केटिङ पदमा कार्यरत छन् । सहयोगीहरुलाई छबिराम सुनारले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।