back

धादिङमा  चेपाङका लागि खानेपानी योजना शुरु

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

375 

shares
NTC AD
Global IME AD

chepang ३० कात्तिक, मलेखु, धादिङ । अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवारमात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेको बेला दक्षिणी धादिङको गजुरी गाउँपालिका–६ स्यामैडाडाँका चेपाङले भने वर्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना शुरु गरेका छन् ।

सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको सत्य साई साधना भवनको शिलान्यास सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी र श्रीमती हाइमा रेड्डीले संयुक्तरुपमा बुधबार शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा वेद पाठ र सत्य साई साधना गरिएको थियो ।

कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको सो योजना निर्माणमा कति खर्च लाग्ने भन्ने खुलाइएको छैन ।

“गाउँमा खानेपानी समस्या थियो । जिल्लामा समेत गुनासो पुगेको थियो । जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा समेत चेपाङले ज्ञापनपत्र बुझाएका थिए तर सुनुवाइ भएको थिएन । यसबारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको सत्य साई सेवा संगठन, नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिनुभयो ।

हेलिकप्टरमा आएका सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डीसहितका अतिथिलाई चेपाङले आफैँले पञ्चैबाजा बजाएर स्वागत गरेका थिए ।

सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिएको थियो ।

स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, दन्त, आँखा, साधारण चेकजाँच र विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो । गाउँघरमै शिविर सञ्चालन भएकाले बालबालिका, विद्यार्थी, वृद्धवृद्धा, वयस्क महिला तथा पुरुष गरी ७०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको वडा सदस्य संगीता चेपाङले बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०४:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई...

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...