Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

डोटीमा उम्मेदवारको ‘उस्तै एजेण्डा, उस्तै दाबी’



३० कात्तिक, डोटी  ।   डोटीका राजनीतिक दल तथा उम्मेदवारहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पूर्ण रुपमा चुनावी प्रचारप्रसारमा होमिएका छन् ।
चुनावी आमसभा, कार्यकर्ता भेटघाट तथा रणनीतिक भेलामार्फत दलहरुले आ–आफ्ना चुनावी एजेण्डा, दल तथा गठबन्धनको औचित्य र निर्वाचन हुने आधारहरु सार्वजनिक गर्दैछन् । योसँगै जनतासँग आफूलाई जिताउन समेत आह्वान गर्दै उनीहरु प्रचारप्रसारमा जुटेका छन् ।
डोटीमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा पार्टी केन्द्रीय सदस्य वीर बहादुर बलायर, प्रदेश ‘क’ बाट भरत बहादुर खड्का र प्रदेश ‘ख’ बाट योगेन्द्र बहादुर शाही चुनावमा भिड्दै छन् ।

एमाले–माओवादी गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका लागि एमालेका केन्द्रीय वैकल्पिक सदस्य प्रेम बहादुर आलेमगर, प्रदेश ‘क’ बाट एमाले डोटीका अध्यक्ष चक्र मल्ल र प्रदेश ‘ख’ बाट माओवादी केन्द्र डोटीका इन्चार्ज त्रिलोचन भट्ट पनि चुनावी प्रचारप्रसारमा छन् ।

यस्तै, राष्ट्रिय जनमोर्चाकातर्फबाट प्रतिनिधिसभाका लागि जिल्ला अध्यक्ष वेणिमाधव जोशी, प्रदेश ‘क’ बाट नरेश आले र ‘ख’ बाट केशवनाथ योगी चुनावमा भिड्दै छन् ।
अधिकांश ‘एजेण्डा’ समान
प्रचारप्रसारका क्रममा दलका उम्मेदवारहरुले राखेका अधिकाँश मुद्दा समान देखिन्छन् । प्रदेशको राजधानीको सवाल, सडक मार्गहरु, विकास योजनाहरुमा दलहरुका समान एजेण्डा छन् ।
दीपायल राजधानीका लागि सबै दलका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । धेरैले दीपायल राजधानी हुनेमा शंका नगर्न भनेका छन् । बोगटान सडक र खुटिया–बिपीनगर–दीपायल फास्ट ट्र्याक, खप्तडको पर्यटन विकास लगायतका सवालहरुमा सबै उम्मेदवारहरुको प्रतिबद्धता रहेको छ ।
सबैको जित्ने दाबी
दल तथा उम्मेदवारहरुले ‘आफूलाई र दललाई जनताले चिनेकाले’ सजिलै जित्ने दाबी समेत गर्न थालेका छन् । उनीहरुले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।
काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार बलायरले भने – “जनता अहिले स्पष्ट छन् । बुझेका छन् र को कस्तो हो राम्रोसँग ठम्याएका छन् । त्यसैले हामी जित्नेमा शंका छैन ।”
अहिलेको अवस्थामा काँग्रेस जित्नेमा ढुक्क रहेको उनले बताए । आफ्नो संघर्ष, जनताप्रतिको त्याग, विकास निर्माणमा आफूले गरेको योगदान चुनाव जित्ने पर्याप्त आधार भएको उनको भनाइ छ ।

काँग्रेस प्रदेश ‘क’ का उम्मेदवार खड्काले डोटीको वर्तमान विकासको सबै अगुवाई काँग्रेसले गरेकाले काँग्रेस र आफू सजिलै जित्ने दाबी गरे । ‘ख’ का उम्मेदवार शाहीले लोकतन्त्रको जग काँग्रेस भएकाले लोकतन्त्र बचाउन जनताले काँग्रेसलाई मतदान गर्ने दाबी गरे ।

एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरुले राष्ट्रियता, स्थायी सरकार र विकासका लागि जनताले आफूलाई मतदान गर्ने दाबी गरे । एमालेका तर्फबाट प्रदेश ‘क’ का उम्मेदवार मल्लले आफ्नो पार्टी राष्ट्रियताका पक्षमा, विकासका पक्षमा अडिग भएर लागेकाले जनताले खुशी भएर मतदान गर्ने दाबी गरे । “एमाले राष्ट्रियताको सवालमा, विकासका सवालमा प्रस्ट छ, जुन जनताले बुझेका छन्,” उनले भने – “एमालेले विकासका लागि विगतदेखि नै लोकप्रिय काम गर्दैआएको कुरामा पनि जनता प्रष्ट छन् । त्यसैले जित हाम्रो हुन्छ ।”

प्रतिनिधिसभाका उम्मेदवार आलेमगरले आफू विकासवादी भएको र जनताका दःुख पीडासँग जानकार भएकाले आफू जित्ने दाबी गरे ।
प्रदेश ‘ख’ का उम्मेदवार माओवादी जिल्ला इन्चार्ज भट्टले राजनीतिक स्थायित्व, स्थायी सरकार, जनपक्षीय विकासका लागि जनताले आफूलाई मतदान गर्ने दाबी गरे ।
उता, राष्ट्रिय जनमोर्चाले आफू स्पष्ट राजनीतिक शक्ति भएकाले जीत निश्चित भएको दाबी गर्दैआएको छ । केन्द्रीय सदस्य मनोज भट्टले भने – “यी दलहरुले भ्रमको खेती गर्छन् जुन जनताले बुझेका छन् । त्यसैले यसपटकको निर्वाचनमा भोट हामीलाई हाल्छन् ।”
प्रतिनिधिसभाका उम्मेदवार जोशीले जनमोर्चा र आफू निष्कलंक छवि भएका कारण जीत निश्चित भएको दाबी गरे ।

प्रदेश ‘ख’ का उम्मेदवार योगीले विकास, राजनीतिक सवालमा जनमोर्चा स्पष्ट रहेको र ठूला दलको चरित्र जनताले बुझिसकेकाले आफ्नो जीत निश्चित भएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा