back

स्थिर सरकारका लागि बाम गठवन्धन – उपाध्यक्ष ज्ञवाली

वि.सं.२०७४ मंसिर १ शुक्रवार

840 

shares

yubraj

१ मंसिर,  दाङ  ।  नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताउनुभएको छ ।

एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो — “बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।”

संयुक्त वाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा बिहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै वाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले वाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने काँग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०६:३० मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...