back

स्थिर सरकारका लागि बाम गठवन्धन – उपाध्यक्ष ज्ञवाली

वि.सं.२०७४ मंसिर १ शुक्रवार

579 

shares
GLOBAL IME AD
NTC AD

yubraj

१ मंसिर,  दाङ  ।  नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई समृद्धिको मार्गमा लग्न सक्ने बताउनुभएको छ ।

एक वर्ष नटिक्ने सरकार कै कारण विकास निर्माणको काम अलपत्र पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो — “बहुमतको स्थिर सरकार अहिलेको आवश्यकता छ ।”

संयुक्त वाम गठबन्धनले दाङको ढिकपुरको एकलघरुवामा बिहीबार आयोजना गरेको चुनावीसभामा उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने बताउँदै वाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गराउन मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले व्यक्ति र पार्टीको जितहारभन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको बताउँदै जनतालाई विचार गरेर मात्रै भोटको सुनिश्चित गर्न सुझाव पनि दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडी भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले वाम गठबन्धनलाई अधिनायकवादको आरोप लगाउने काँग्रेसले अरूलाई गाली गरेर आफू राम्रो बन्ने सोच हटाउनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०६:३० मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...