
१ मंसिर, काठमाडौँ । निकै कमजोर ब्याटिङ पछि एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । हारसँगै नेपालको प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको हो ।
मलेशियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले मात्र २०।३ ओभरमामात्र ३ विकेटको क्षतिमा पुरा ग¥यो ।
अफगानिस्तानलाई जीत दिलाउन रहामनुल्लाह गुरबाजले सर्वाधिक ७१ रन बनाए । नेपालका लािग सन्दीप लामिछाने, कमल सिंह ऐरी र पवन शरार्फले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै फितले प्रर्दशन गरेको थियो ।
नेपालका अनिलकुमार साहले अर्धशतकीय पारी खेले साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । अनिलले ५० रन बनाउनु बाहेक नेपालका अन्य ब्यट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । अफगानिस्तानका रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए । नेपालले मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुगेको हो ।
नेपालले समूह चरणको खेलहरुमा बंगलादेशसँग पराजित भएको थियो भने भारत र आयोजक मलेसियालाई हराएको थियो ।