back

अमेरिकाका जनजाति संस्थाहरुको आन्तरिक मामिला समाधानका लागि कार्यदल गठन

वि.सं.२०७४ मंसिर १ शुक्रवार

699 

shares

pysaजनजाति महासंघ (फिफ्ना) अमेरिकाको महाधिबेशन नजिकिदै गएको समयमा विभिन्न संस्थामा भइ परि आएको आन्तरिक मामिलाको समस्या समाधान गर्नका लागि एक कार्यदल गठन गरिएको छ ।

तामाङ समाजका पूर्वमहासचिव तथा बर्तमान तामाङ समाज नर्थ अमेरिकाका महासचिव लाक्यान लामाको संयोजकत्वमा तर्दथ कमिटी गठन भएको उक्त तर्दथ कमिटी सदस्यमा मगर संघ अमेरिकाका प्रतिनिधि नरेन्द्र थापा मगरका साथै वालुङ कमिटीका पूर्वअध्यक्ष तेन्जिङ युक्याव रहेका छन् ।

उक्त कार्यदलले नोभेम्बर १६ मा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको प्रतिनिधिहरुसँग आगामि दिनमा संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भेटघाट तथा छलफल समेत गरेका छन् ।

सो भेटघाट तथा छलफलमा अर्गनाइजेशनकी केन्द्रीय उपसभापति मुना राईको नेतृत्वमा न्युयोर्क च्याप्टरका सभापति केशव राम राई, युवा संयोजक केन्द्रीय सदस्य शुक्रराज राई, न्युयोर्क च्याप्टर सदस्य रुद्र राई, मध्यस्थकर्ता अग्नि राई, खालिङ समाज अमेरिकाका उपाध्यक्ष पर्खि खालिङ राईको पनि उपस्थिति रहेको थियो ।

छलफलमा संयोजक लकेन लामा र नरेन्द्र थापा मगरले निकट भविष्यमा संस्था कसरी एक भएर अगाडि जान सकिन्छ भन्ने कुरा राख्दै संस्थामा देखिएका समस्याहरुको विषयमा जानकारी गराउन आग्रह समेत गरेका थिए । जसमा युनाइटेड किरात अर्गनाइजेशनकी केन्द्रीय उपसभापति मुना राईले धेरै राम्रो कुरा भएको बताउँदै यसलाई ऐतिहासिक रुपमा सफल बनाउन सकेको सहयोग र सहकार्य गर्न अमेरिका भरिका युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको तर्फबाट पहल गर्ने बताइन् । त्यस्तै संस्थाका केन्द्रीय सदस्य शुक्रराज राईले राम्रो विचारले छलफलमा प्रवेश पाएको भन्दै सक्दो सहयोग गर्ने बताएका थिए भने न्युयोर्क च्याप्टर सदस्य रुद्र राईले सबैले राम्रो विचार राखेको भन्दै धन्यवाद दिएका थिए ।

सोहि अवसरमा पर्खि खालिङ राईले राईहरुको संस्था राईहरुको संस्था फुटेर खालिङ राई गठन भएको होइन्, राईहरुको धेरै भाषा रहेकोले भाषा अनुसारको सबै देशमा भाषिक संस्था गठन भएको बताए । उनले अमेरिकामा पहिलो खालिङ राईहरुले संस्था विस्तार गरेको नबुझेका साथीहरुले राईको संस्था फुटाएर फरक संस्था गठन गरेको कुरा गलत प्रचार गरेको बताए ।  अमेरिकामा युनाइटेड किरात राई अन्तर्गत कुनै भाषाको राईहरुको संस्था गठन हुन्छ भने जुन संस्थामा राईहरुको संस्था फुटाएर फरक संस्था गठन गरिएको भन्न नमिल्ने बताउँदै राइहरुको संस्था एकजुट भएर जानुपर्छ भन्ने विचार राखेर अगाडि बढ्नु पर्ने बताए ।

त्यस्तै मध्यस्थकर्ता अग्नि राईले अमेरिकामा रहेका राईहरुको सबै संस्था एक बनाएर अघि बढाउने विषयमा निरन्तर लागि पर्ने बताए भने सबैको बिचारलाई मध्येनजर गरेर आवश्यक निर्णय दिने बताउँदै संयोजक लेकन लामाले राम्रो विचार सबैबाट आएकोमा धन्यवाद व्यक्त गर्दै निकट भविष्यमै भेटघाट कार्यक्रम राख्ने समेत बताए ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार १०:५९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...