
बेल्जियमको ब्रुज सहरमा विवेकशील साझा सदभाव समुह गठन गरियको छ । नन्द पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन गरिएको छ । जसमा सन्तोष न्यौपाने, कुशल श्रेस्ठ, जितेन्द्र कायस्थ, राजु कंडेल, बन्दना घिमिरे, राजन घिमिरे रहनुभएको छ । त्यसैगरी सम्झना खरेल कंडेल, तेज कंडेल, अर्जुन थापा, शोभा राइले समर्थन जनाउनु भएको छ ।
कमिटी गठनसंगै नेपालमा हुन् गैरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि आवश्यक आर्थिक सहयोगका लागि कार्य गर्ने तथा परोपकारी कार्यहरु क्रमबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ ।