Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनका विषयमा के भन्छन त कलाकारहरु ?



nikhil

२ मंसिर, काठमाडौँ । “विकसित मुलुकमा दुई पार्टी मात्र हुन्छ, नेपालमा दलहरूको संख्या घट्दो हुनु सकारात्मक छ”, नायक निखिल उप्रेती आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलबीच भएको गठबन्धनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ ।

नायक उप्रेतीले आफ्नो समर्थन लोकतान्त्रिक वा वाम कुन गठबन्धनलाई हुन्छ भन्ने खुलाउनुभएन तर फुटेर भन्दा दलहरू जुटेर अघि बढ्दा मुलुकको स्थिरताका लागि राम्रो हुने विचार उहाँले व्यक्त गर्नुभयो ।

वाम गठबन्धनबाट काठमाडौँ जिल्लाका उम्मेदवार र कलाकारबीच शुक्रबार यहाँ आयोजित अन्तरक्रियामा कलाकार उप्रेतीले धेरै पार्टी भएमा हल्ला बढी हुने तर काम कम हुने स्थिति हुने भएकाले क्रमशः दुई दल मात्र भएमा विकासका काम तीव्र रुपमा अघि बढ्ने र कला क्षेत्र पनि विकसित हुने अपेक्षा व्यक्त गर्नुभयो । “बरु हामीलाई गहना भनिदिनुपर्दैन, नेताले देशको विकास गरिदिए हुन्छ”, नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहितका उम्मेदवारसमक्ष उहाँले भन्नुभयो ।

नायक तथा निर्माता अशोक शर्माले भने गठबन्धन भएकामा आफू अस्पष्ट रहेको टिप्पणी गर्नुभयो । “स्थानीय तहमा एमालेको यसै जनमत देखिएको थियो, अहिले वाम गठबन्धन किन भयो, जनतामा रहेको प्रश्नको उत्तर दिनुपर्ने देखिन्छ ”, कलाकार शर्मा नयाँ शक्ति नेपाल निकट मानिनुहुन्छ ।

चुनावमा एमालेलाई समर्थन गर्नुभएका कलाकार रवीन्द्र खड्का भने अबको समाधान र समृद्धि स्थिर सरकार भएको वाम शक्तिले जितेपछि मात्रै हुने विचार व्यक्त गर्नुभयो ।

कलाकारको सुझाव सुनेपछि नेता नेपालले निर्वाचनपछि आर्थिक विकासको मूल प्रवाहमा नेपाललाई अग्रसर गराउन आफूहरूले पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मुलुक यथास्थिति र प्रतिगमनको क्रमबाट अग्रगमनमा जान अनिवार्य भइसकेको छ, यो कार्यभार पूरा गर्न वाम शक्ति मात्र सक्षम छ, कलाकारले यस मर्मलाई बुझेर हामीलाई समर्थन गरिदिन म आग्रह गर्दछु ।”

एक प्रसङ्गमा उहाँले मंसिर १० र २१ म तोकिएको निर्वाचन सरेमा व्यवस्थापिका–संसद्ले पूर्ववत् काम गर्ने जनाउ दिनुभयो । कार्यक्रममा आकाश अधिकारी, उत्तम केसी, रवि डंगोल, केशव भट्टराई, निर्मल शर्मा, नरेश भट्टराई, चैत्यदेवी, गोपालकाजी कायस्थ, सुदर्शन थापा, विमला गिरीलगायतको सहभागिता थियो ।

काठमाडौँ क्षेत्र नं ७ का एमालेका उम्मेदवार रामवीर मानन्धर चलचित्रघर सञ्चालक पनि भएकाले उहाँलाई सघाउन आफूहरू तयार रहेको कलाकारहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ क्षेत्र नं ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, क्षेत्र नं ६ मा प्रदेशका उम्मेदवार केशव स्थापित, ८ मा प्रदेशका उम्मेदवार डा अजयक्रान्ति शाक्य पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा