Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

मोबाइल चिठ्ठा परेको भन्दै रु छयासी लाख ठगी रकमसहित छ जना पक्राउ



apradhi२ मंसिर, विराटनगर । प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रु ८६ लाख रकमसहित पक्राउ गरी यहाँ शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालयको कोठाबाट नगद रु ८६ लाख ५९ हजार ३४५, भारतीय रु एक हजार, चाँदीको टुक्रा चार थान, चाँदीको सिक्का दुई थान र मोबाइल छ थान र अन्य कागजागतसहित बिहीबार पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रु ४० लाख चिठ्ठा परेको छ भन्दै पटकपटक गरी रु चार लाख ५३ हजार, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमइ गरी पठाउन लगाएको पुनःथप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिठ्ठाको तस्वीर पठाइ भारतको मुम्बइको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेको आइएमइ केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुण्डीमार्फत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

निज छ जनालाई आजै अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि सात दिनको म्याद गरिएको जानकारी दिनुभयो ।

निजबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मुगु जिल्लाबाट प्रतिनिधि सभामा निर्बाचित सांसद ऐनबहादुर शाहीले मुगु जिल्लाका सम्पूर्ण बाढी

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू