Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

 सुरु भयो प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता



samman२ मंसिर, काठमाडौं । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ शुक्रबार शुरु भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकास क्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा १० टिमको सहभागिता रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

जंगी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा आगामी मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार  नेपाली सेनाको त्रिभुवन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा आर्मी महिला टिमले पश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ ।

सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ७ गोल गरेकी थिइन । साथै लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच शुक्रबार  भएको खेलमा प्रहरीको टिमले मध्यपश्चिमाञ्चल टिमलाई १२–० गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला विक उत्कृष्ट खेलाडी घोषित भइन् । उनले व्यक्तिगत ४ गोल गरेकी थिइन् । प्रतियोगितामा सबै खेल नक आउटका आधारमा खेलाइएको सेनाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा रक्षा सचिव विनोद केसी, नेपाली सेना तथा प्रहरीका उच्च अधिकारी र अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा