२ मंसिर, एजेन्सी । आज राति रियल म्याड्रिड चिरपरिचित सहरी प्रतिद्वन्द्धी एट्लेटिको म्याड्रिडको नयाँ घरेलु मैदान वान्डा मेट्रोपोलिटियानोमा पहिलो पटक भ्रमण गर्दा रियलको दाउ हुनेछ चिरपरिचीत प्रतिद्वन्द्धीलाई उसकै घरेलु मैदानमा हराएर लिग लिडर वार्सिलोना र भ्यालेन्सियासँगको अंक दुरी कम गर्ने । त्यसको लागि जिनेदिन जिदानको टोली पुरा तयारी गरेको छ ।
निरन्तर खराब नतिजाबाट गुज्रिएको रियलले आफ्नो फर्मलाई सुधार गर्दैदबाब कम गर्ने दाउमा रहेको छ । जसको लागि रियलका फरवार्ड क्रिस्टियानो रानोल्डो फर्ममा फर्कने विश्वास गरिएको छ । दुई हप्ता लामो अन्तराष्ट्रिय ब्रेक पछि लिगमा फर्केको रोनाल्डो पुर्ववत फर्ममा फर्कने विश्वास गरिएको छ । यस सिजन लालिगाको ७ खेलमा मात्र १ गोल मात्र गरेका रोनाल्डोले ४८ सट लिएका छन् । तर उनको सर्ट गोलमा रुपान्तरण गर्ने दर भने एकदमै न्युन रहेको छ । अघिल्लो सिजन एट्लेटिकोसँग खेलिएको खेलमा ह्याट्रिक गरेका रोनाल्डोले यो खेलबाट आफुले पुनरागमन गर्ने संकेत गरेका छन् ।
वि.सं.२०७४ मंसिर २ शनिवार ०४:५८ मा प्रकाशित