Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार गर्न कानुन व्यवसायीको जोड



२ मंसिर, भद्रपुर । संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा झापाका कानून व्यवसायीले जोड दिएका छन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको शुक्रबार चन्द्रगढीमा सम्पन्न भेलामा अधिकांश कानून व्यवसायीले संविधानको मर्म र भावना अनुरुप मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्न लोकतान्त्रिक गठबन्धनलाई आग्रह गर्नुभयो ।

झापाका वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले लोकतान्त्रिक गठबन्धनका नेता शेरबहादुर देउवाले चुनावीसभामा बोलेको भनाई नेपालको संविधानको भाग ३१ को धारा २७४ को उपधारा १ को प्रतिकूल हुने गरी भएको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले वाम गठबन्धनले चुनाव जिते एकदलीय तानाशाह आउन सक्ने अभिव्यक्ति दिएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका लोकतान्त्रिक गठबन्धनका नेता देउवाले संविधानकै भावनाको प्रतिकूल हुने गरी दिएको अभिव्यक्ति आफँैमा नसुहाउने अर्का वरिष्ठ अधिवक्ता टंक उप्रेतीले बताउनुभयो ।

भेलामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन र आरपीएलएमा आबद्ध कानून व्यवसायी वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, गजेन्द्र आचार्य, नारायण भट्टराई र अधिवक्ता कालीप्रसाद सञ्जेललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम संगठनका अध्यक्ष टंक दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा