३ मंसिर, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले आफ्नो खराब फर्मलाई फेरि पनि निरन्तरता दिएको छ । हिजो राति सम्पन्न एट्लेटिको म्याड्रिडसँगको खेलमा बराबरीमा रोकिएसँगै डिफेन्डिङ चयाम्पियन रियलको यात्रा संकटमय बन्दै गएको हो । म्याड्रिड डर्बी अन्र्तगतको हिजोको खेलमा सहरी प्रतिद्वन्दी रियल तथा एट्लेटिको बराबरीमा रोकिएका हुन् । हिजोको खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर निकालेतापनि सदुपयोग गर्न नसक्दा एक एक अंक बाडेका हुन् ।
बराबरी सँगै यी टोली लिग लिडर वार्सा भन्दा १० अंकले पछाडि परेका छन् । १२ औ चरणको खेल सकिँदा लिग लिडर वार्सिलोनाको ३४ अंक छ । यस्तै एक खेल कम खेलेको भ्यालेनिसया २७ अंक सहित दोस्रो स्थानमा रहेको छ । उता रियल र एट्लेटिको समान २४ अंकका साथ गोल अन्तरको आधारमाा क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
वि.सं.२०७४ मंसिर ३ आइतवार ०१:३४ मा प्रकाशित