
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको असामयिक निधनप्रति नेपाली जनप्रगतिशील मंच युरोपले दुःख व्यक्त गरेको छ ।
मंचका अध्यक्ष डा. कृष्ण प्रसाद अर्यालद्धारा आइतबार जारी गरिएको एक विज्ञप्ति जारी गर्दै नेपालको राजनैतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा होनहार क्रान्तिकारी युवा नेता प्रकाश दाहालको निधनले जनप्रगतीशिल मोर्चा युरोप स्तब्ध भएको बताएको छ ।
दाहालको निधनपछि आकस्मिक रुपमा बसेका युरोप मंचको बैठकले युरोपका विभिन्न देशमा रहेका नेपाली जनप्रगतिशील मंच तथा प्रगतिशील महिला मंचको तर्फबाट शोक बक्तव्य पारित गरेको पनि जनाएको छ ।