back

भोट हाल्न बास बस्न जानुपर्ने बाध्यता

वि.सं.२०७४ मंसिर ४ सोमवार

588 

shares
IME Limited
NTC AD

४ मंसिर, बाबियाचौर, म्याग्दी । म्याग्दीको एक गाउँका बासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ ।

प्रदेश ९ख० अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०÷१० घरपरिवार बसोबास गर्छन् ।

त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताउनुभयो ।

बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घण्टा लाग्ने गरेको छ । तीन वटा गाउँमा करिब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेका तिलिजाले बताउनुभयो ।

विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताउनुभयो । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उहाँले गुनासो गर्नुभयो ।

उम्मेदवारको एजेण्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् ।

पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो ।

बस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सञ्चार, खानेपानी, झोलुङ्गे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बञ्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन् ।
–––

वि.सं.२०७४ मंसिर ४ सोमवार ११:५७ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

तानसेन (पाल्पा)  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको...

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...