back

दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

वि.सं.२०७४ मंसिर ४ सोमवार

576 

shares
IME Limited
NTC AD

४ मंसिर, लहान । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा ९माओवादी केन्द्र०का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो ।

प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद मोख्तार अहमद पनि सशक्त उम्मेदवारका रूपमा हुनुहुन्छ ।

विगतदेखि नै कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहमध्ये गत असोज २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० र नरहा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको थियो भने कल्याणपुर नगरपालिकामा काँग्रेस र विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय हासिल गरेको थियो ।

पार्टीभित्र पनि कुशल संगठकका रूपमा परिचित माओवादी नेता नायक स्थानीयस्तरमा राम्रो पकड भएको नेताका रूपमा चिनिनुहुन्छ ।

जनतामाझ लोकप्रिय नेताका रूपमा पहिचान बनाउनु र स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले मत पाएकाले वाम गठबन्धनका उम्मेदवारलाई चुनावी अंकगणितको हिसाबले अरु उम्मेदवारभन्दा केही अगाडि देखिएको बुद्धिजीवीहरुका भनाइ छ ।

जनयुद्धकालदेखि नै अविनाशका रूपमा पहिचान बनाउन सफल पूर्वमन्त्री नायक चुनाव आफूले जित्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताकै बीचमा रहेर विगतदेखि नै जनप्रिय काम गरेकाले आफूलाई जनताले निर्वाचित गर्नेछ ।”

मधेश आन्दोलनकै बीचबाट राजनीतिमा सक्रिय हुनुभएका राजपा नेता यादवले पूर्वमन्त्री नायकलाई ठूलै टक्कर दिने अनुमान छ । यस क्षेत्रको दक्षिणी भेगमा यादव समुदायको बाहुल्यता रहेको र मधेश आन्दोलनको प्रभाव क्षेत्रसमेत भएकाले राष्ट्रियस्तरमै बौद्धिक नेताका रूपमा पहिचान बनाउनुभएका यादवको पक्षमा पनि चुनावी परिणाम आउन सक्ने एकथरिको भनाइ छ तर यस क्षेत्रका बुद्धिजीवीले कम्युनिस्टको पकड मानिएको यस क्षेत्रमा राजपा नेता यादवलाई जित्न गाह्रै हुने विश्लेषण गर्न थालेका छन् ।

मधेश आन्दोलनकै बीचबाट सक्रिय राजनीति शुरु गर्नुभएका राजपा नेता यादवले आफ्नो जित्ने आधार बलियो रहेको दाबी गर्नुभएको छ । मधेश आन्दोलनको उद्गमस्थल हो सिरहा, उहाँले भन्नुभयो, “मैले यहाँ बसेर मधेश र मधेशी जनताका लागि संघर्ष गर्दै आएकाले आफूलाई यहाँको जनताले रोज्छ भन्नेमा विश्वस्त छु ।”

त्यस्तै प्रखर वक्ता र इमान्दार छविका नेताका रूपमा परिचित काँग्रेस उम्मेदवार मोख्तार अहमद पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गर्नुहुन्छ ।

पहाडी समुदायका साथै दलित, यादव र मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यी तीनैजना बीचको प्रतिस्पर्धा रोचक हुने स्थानीय बुद्धिजीवीको कथन छ । तीनैजनाले आफ्नो जित निश्चित रहेको दाबी गरे पनि जनताको अभिमत कसको पक्षमा आउने अहिले नै अनुमान गर्न गाह्रो रहेको स्थानीयवासी बताउँछन् ।

सिरहाको १७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा पुरुष ४३ हजार १९६ र महिला ३८ हजार १०६ गरी कूल ८१ हजार ३०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

वि.सं.२०७४ मंसिर ४ सोमवार १२:११ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...