back

निर्वाचनलाई निष्पक्ष बनाउन राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

वि.सं.२०७४ मंसिर ५ मंगलवार

207 

shares
NTC AD
Global IME AD

५ मंसिर, भद्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, तटस्थ र धाँधलीरहित एवं विश्वसनीय बनाउन आफ्नो तहबाट गर्न सकिने सबै काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीको अध्यक्षतामा हिजो बसेको सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा सो निर्देशन दिइएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनपछि मतगणना सम्पन्न नहुन्जेलसम्म सरकारी कर्मचारीले जिल्ला छाड्न नछाड्न, निर्वाचनका समयमा अनावश्यक गतिविधिमा संलग्न नहुन र निर्वाचन आचारसंहिताको पूर्ण पालन गराउन पनि निर्देशन दिनुभयो ।

निर्वाचनको समयमा अति आवश्यक सेवा प्रदान गर्र्ने विद्युत्, सञ्चार र जनस्वास्थ्य कार्यालयका कर्मचारीलाई चुस्त एवं दुरुस्त भएर बस्न, सवारी साधन भएका कार्यालयले सवारी साधनलाई व्यवस्थित बनाएर राख्न, सरकारी तथा गैरसरकारी मातहतमा रहेका आकस्मिक सेवा (ऐम्बुलेन्स)लाई तयारी अवस्थामा राख्न र वारुणयन्त्र भएका नगरपालिकाले वारुणयन्त्रलाई पनि निर्वाचन अवधि तथा अघि र पछि पनि व्यवस्थित तरिकाले राख्न पनि बैठकमा भनिएको थियो ।

निर्वाचनमा खटिने एक हजार ४५० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मंसिर ७ गतेदेखि तालीम दिइने र निर्वाचनमा लगभग पाँच हजार ५०० जनशक्ति परिचालन गरिने पनि जानकारी दिइएको थियो ।

वि.सं.२०७४ मंसिर ५ मंगलवार ०५:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...