Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

 मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाद्धारा निष्क्रिय



५ मंसिर, चितवन । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने बम राखिएको जानकारी दिंदै उहाँले तर्साउनका लागि बम राखिएको उल्लेख गर्नुभयो । बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँको निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उहाँको आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा