Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

क.प्रचण्ड दुई सन्तानको शोकबाट राष्ट्रपिता बन्नुहोस्



shiv-banjara1जसले हिजो आफ्नो शरीरमा मृत्युको कबच लगाई युद्धमा होमिएर, आज सामाजिक सञ्जाल प्रयोग गरी नानाथरी लेख्ने र बोल्ने स्वतन्त्रता ल्यायो । उसैलाई दुःख र शोक पर्दा त्यै स्वतन्त्रताको उपयोग गर्दै बेजोड गाली गर्न माहिर छौ । धन्य हाम्रो समाज, जुन थालमा खायो, त्यै थालमा थुक्ने महान मानविय संबेदना हराएका नामले मात्र दिएको मानवहरू ।

स्मरणरहोस कुनै पनि देशमा परिबर्तनको लागि क्रान्ति हुन्छ,क्रान्तिका बिभिन्न रूपहरू हुन्छन भन्ने हामी सबैले बुझ्न जरुरी छ ।चीनको क्रान्तिमा ४ बर्षमा ४ करोड ५० लाख मानिसको बलिदानी भएको थियो । चाइना बिश्वकै समृद्ध राष्ट्रको रूपमा स्थापित भएको छ । यस्ता हजारौ उदाहरण छन् । जहाँ लाखौको बलिदानीबाट देशमा परिबर्तन आएको छ र देश समृद्ध र अधिकार सम्पन्न बनेको छ । त्यस्तै नेपालको परिबर्तनको लागि तत्कालिन अबस्थाले निम्त्याएको युद्ध थियो जुन चाहना अनुरुप भन्दा पनि परिस्थिति थियो । त्यसमा धेरैले ज्यान गुमाएका छन ।
प्रचण्डको नेतृत्वमा सत्तापक्ष र क्रान्तिको लागि लडेका योद्धाहरु बिच युद्ध हुदा जन–धनको क्षति हुनु स्वभाविक हो र यसको गम्भिर जिम्बेवार राज्य पनि त्यतिनै छ । जनयुद्धकालमा जे भयो यो सब परिबर्तनको लागि नै भयो फलस्वरूप आज सबैलाई अकल्पनीय हक, अधिकार र स्वतन्त्रताको पहुच पुगेको छ ।

हो, मेरो पनि क.प्रचण्डसँग केहि असन्तुष्ट छन । जुनयुद्ध भन्दा पछिको समय शान्ति सम्झौतामा आएपछि हिजो सर्बहारा जनताको लागि जीबन समर्पण गरेको महाननायक भौतिक बिलासीतामा अलि उन्मुख भएको र जसले हिजो ‘प्रचण्डपथ’ स्थापित गराउन आफ्नो जीवन समर्पण ग¥यो । ति दसौंबर्ष देश र सर्बहारा जनताको हक र अधिकार सुनिश्चित गर्न सक्षम महान यौद्धाहरूलाई असक्षम घोषणा गरि जुन लज्जास्पद तरिकाले १ र २ लाखको आस देखाएर सरलक्क क्याम्प बाहिर निकाली खाली हात बिदाई गरियो, जो कोहि अहिले मलेशिया र खाडीमा निमेकमा आफ्नो पसिना बेचिरहेछन् त कोहि अपाङ्ग भै कष्टकर रुपमा आफ्नो दिन गुजार्न धौ–धौ गरि बाँचिरहेका छन । हो, त्यो नै मेरो असन्तुष्टी हो ।

आदरणिय क.प्रचण्ड जन्मपछिको मृत्यु शास्श्वत हो,हामी हिजो नाङ्गै जन्मेका थियौं र भोली नाङ्गै जाने हो सँगै लैजाने त मात्र हामिले जन्म मृत्यु बीचको समयमा गरेको कर्म नै हो ।
तपाँई महान हुनुहुन्छ, त्यो प्रकाश गुमाएर हजारौलाई दिनु भएको अभिबादनले प्रष्ट देखाएको छ । तर, त्यो भन्दा महान त तपाँईले हिजो लाखौ प्रकाश जन्माउनु भएको छ । मेरो विचारमा त्यो झन झन ठूलो महानता हो । एक प्रकाश गुमाउनु भयो लाखौ प्रकाश तपाँईसँग छन् । अब यो शोकलाई एक राष्ट्रपिता बन्ने अबसरमा परिणत गर्नुहोस् जो ईतिहासले तपाँईलाई कहिल्यै नबिर्सियोस र लाखौ प्रकाशहरूले सदैंब श्रद्धाले सम्मान गरून ।

क.प्रचण्ड क्रान्ति,युद्ध र राजनीतिमा तपाँईको अब्बलता मात्र नभै शोकको पिडा कस्तो हुन्छ यसको पनि तपाँईलाई ठूलो अनुभब छ किनकी, आफ्ना दुई सन्तान गुमाईसक्नु भएको छ । ‘भनिन्छ मृग ढल्यो भने हात्तीले उठाउछ तर हात्तीनै ढल्यो भने कस्ले उठाउने’ मानबिय संबेदना नभएकाहरुको बिष्लेषण र अभिब्यक्तिको पछि लागेर आफैलाई कमजोर होईन यसलाई अर्को परिबर्तनको बिन्दुमा जाने बाटो बनाएर अघि बढ्नुहोस् ।

भौतिकता केहि होईन,परिवार पनि त्यस्तै हो । अब देश र जनताको लागि समर्पण हुनोस् हामी जस्ता युवाहरूको साथ हुनेछ । अबको ५ बर्षले एउटा यस्तो ईतिहास बनाओस् जुन नेपालको मात्र नभै बिश्वको ईतिहासमा नै क.प्रचण्डको नाम सुनौलो अक्षरले लेखियोस् ।

स्वर्गिय प्रकाश प्रति हार्दिक श्रद्धान्जलि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा