Logo
१६ माघ २०७९, सोमबार
     Mon Jan 30 2023
E-paper
  English Edition
   Unicode
Logo

वरिष्ठ निवन्धकार नयाँघरे सिड्नीमा सम्मानित



yubaraj-ghimireसिड्नी, अष्ट्रेलिया । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना ग¥यो । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधान लगायतले नेपाली साहित्य र सिड्नीको सिजज्र्ञनात्मक वातावरण बारे बोल्नु भएको थियो ।
मन्तव्यको क्रममा अष्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गर्नु भएको थियो ।

yubrajnayaghare
सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गर्नुभयो ।

नयाँघरेले भन्नु भयो– अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ ।
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम अत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा