Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

रौटहत बम विस्फोटका घाइतेसँग प्रचण्डको भेट



५ मंसिर,रत्ननगर, चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि रौतहटमा भएको बम विस्फोटमा परी घाइते भएका बिरामी सरिता राई र उनका छोरा जैविकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका उनीहरुलाई आज साँझ अस्पतालमा पुगेर भेट गर्दै उहाँले उपचार राम्रो भइरहेकाले चाँडै निको हुने भन्दै सान्त्वना दिनुभयो ।

अध्यक्ष दाहालले घाइतेलाई भेटेर भन्नुभयो, “सन्चो हुन्छ, धैर्य गर्नुहोस् ।”उहाँले उपचार चलिरहेकाले धैर्य लिन र नआत्तिन आग्रहसमेत गर्नुभयो । सो क्रममा दाहालसँग घाइते राईले आफ्नो घरमा केही छैन भन्दै उपचारमा निको हुन्छ की हुँदैन भनेर चिन्ता प्रकट गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा