६ मंसिर, बेसीशहर, लमजुङ । लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ ।
मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो । सोमबार काँग्रेस र राप्रपा (प्रजातान्त्रिक)बीच बसेको बैठकले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार राप्रपा प्रजातान्त्रिक लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठ र नेपाली काँग्रेस लमजुङका जिल्ला सचिव हरिप्रसाद बराल एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । सहमतिपत्रमा भनिएको छ, “लोकतन्त्रमाथि आउन सक्ने सम्भावित चुनौतीलाई मध्यनजर लाग्दै लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरिएको छ ।”
साथै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई भोट हाल्न सबै राप्रपा (प्रजातान्त्रिक)का नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ । रासस
वि.सं.२०७४ मंसिर ६ बुधवार ०२:५४ मा प्रकाशित