back
CTIZAN AD

डोल्पामा सुरक्षा व्यवस्था कडाइ, तीन मुख्य नाकामा विशेष चेकजाँच

वि.सं.२०७४ मंसिर ६ बुधवार

834 

shares

dolpa६ मंसिर, दुनै, डोल्पा । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मुखमा जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिप्रति पूर्वसतर्कता अपनाउन जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।

प्रजिअ शर्माका अनुसार जिल्लाका तीनवटा मुख्य नाकामा विशेष चेकजाँच शुरु गरिएको छ, जिल्लाको त्रिवेणी, चाँैरीकोट, होर्त खोलामा विशेष चेकजाँच शुरु गरिएको हो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न लागिपरेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

आसन्न निर्वाचनका लागि तीनवटै निकायका सुरक्षाकर्मी पर्याप्त मात्रामा भएकाले परिचालन पनि विशेष तरिकाले गरिएको उहाँको भनाइ छ । १८ हजार ९८९ मतदाता रहेको डोल्पामा ६६ वटा मतदान केन्द्र रहेका छन् । त्यसमा ३३ मतदान केन्द्र अति संवेदनशील, १२ वटा संवेदनशील र १५ वटा सामान्य रहेको समेत जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

उक्त मतदान केन्द्र सुरक्षा तथा भौगोलिक कठिनाइका हिसाबमा अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको कार्यालयको भनाइ छ । विप्लपको प्रभाव क्षेत्र मानिएको तल्लो डोल्पा र काइके गाउँपालिकामा विशेष सुरक्षा व्यवस्था परिचालन गरिएको समेत बताइएको छ ।

देशका विभिन्न जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भइरहँदा डोल्पामा भने एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । डोल्पामा आसन्न निर्वाचनका लागि ६६ मतदान केन्द्रका लागि ४३० जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

विगतका निर्वाचनमा के कस्तो भयो थाहा नभएकाले यस पटकको निर्वाचनमा सम्पूर्ण व्यवस्थापन चुस्तदुरुस्त ढंगबाट भएकाले सर्वसाधारणलाई ढुक्क भएर मतदान गर्नसमेत मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ । रासस

वि.सं.२०७४ मंसिर ६ बुधवार ०३:०० मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...