back

पाल्पा – २ मा पाण्डे र नेपाल बीच रोचक चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

वि.सं.२०७४ मंसिर ६ बुधवार

489 

shares
GLOBAL IME AD
NTC AD

photo

६ मंसिर, पाल्पा  ।  पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र नं २ बाट संविधानसभा निर्वाचन २०७० मा निर्वाचित पूर्व सांसद हुनुहुन्छ । दुवै नेताहरुले अहिले एउटै निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएपछि चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको पाल्पालाई राज्य पुनःसंरचना गर्दा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो ।

विसं२०७०को संविधानसभा निर्वाचनमा नेपालले १३ हजार १३५ मत ल्याएर विजयी बन्नुभएको थियो । उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पाल्पा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । पाण्डेयले १३ हजार १९३ मत ल्याई संविधानसभाको सदस्य बन्नुभएको हो । पूर्व मन्त्रीसमेत रहनुभएका पाण्डेय पाल्पा क्षेत्र नं २ बाट २०५१ र २०५६ सालमा सांसद बन्नुभएको थियोे । त्यसैले पनि यस क्षेत्रको निर्वाचनमा कसको पक्षले विजय सुनिश्चित हुने भन्न कठिन भएको छ ।

दुवै लोकप्रिय नेता भएकाले निर्वाचनमा यसले नै जित्छ भन्न सकिने अवस्था नभएपनि २०७० सालको संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनको पाल्पाका दुवै निर्वाचन क्षेत्र बलियो देखिएको छ ।निर्वाचनपछि जिल्लामा करिब १८ हजार ७०० मत बढेकाले सो मतदाताको मत नै निर्णायक हुने अनुमान छ ।

संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ जिल्लामा एमालेले ४२ हजार ५५१, नेकपा माओवादी केन्द्रले १४ हजार ८४८ र नेपाली काँग्रेसले ३८ हजार १९१ मत ल्याएका थिए । २०७० निर्वाचन अनुसार वाम गठबन्धनको ५७ हजार ३९९ मत रहेको छ । काँग्रेसभन्दा १९ हजार २०८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कुल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याएको थियो भने एमाले ५४ हजार ९४ मत र माओवादीले १६ हजार २६६ मत ल्याएको थियो । अहिले वाम गठबन्धनको ७० हजार ३६१ मत जोडिदा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।

पछिल्लोपटक १८ हजार ७०० मतदाता थपिए पछि जिल्लामा कुल एक लाख ८१ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर ६ बुधवार ०६:२९ मा प्रकाशित

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा...

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...