Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

ऊर्जासम्बन्धी सम्मेलन काठमाडौँमा सुरु



६ मंसिर, काठमाडौँ  : नेपालमा पहिलोपटक भविष्यलाई ऊर्जा, सामग्री, प्रविधि र पर्यावरणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

मित्रकुञ्ज नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र र इन टेह डोर्न रसियाको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विकसित मुलकले अल्पविकसित मुलुकमा ऊर्जा र विज्ञानका क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्व मन्त्री गणेश साहले कार्बन कम उत्सर्जिन कम गर्ने एवम् वातावरणमैत्री नवीकरणीय ऊर्जा प्रविधि आजको आवश्यकता भएको उल्लेख गर्दै नेपाल र रसियाका वैज्ञानिकले संयुक्तरुपमा काम गरी सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपालका लागि रसियाली राजदूत आन्द्रेई बुधानिक, रसियन सांस्कृतिक तथा विज्ञान केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ र इन टेह डोर्नका अध्यक्ष युरी इभानोभिचले पनि शुभकामना दिनुभएको थियो ।

सम्मेलनमा रसिया र बेलारुसबाट आएका १५ जना तथा नेपालका तर्फबाट छ जना विज्ञले प्रस्तुत गर्नुहुने कार्यपत्रमाथि छलफल हुनेछ ।

नेपालमा भएका ऊर्जा शक्तिको परिचय गराउने साथै नेपाल विज्ञान प्रतिष्ठान र रसियन विज्ञान प्रतिष्ठानबीच सम्बन्ध बढाउने एवम् कार्य गर्ने वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको सो सम्मेलनमा विभिन्न मन्त्रालय, विभाग, परामर्श दातृ संस्था गरी करिब १०० जनाको सहभागिता छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा