back

कालोपोथीलाई सर्वोत्कृष्ट चलचित्र अवार्ड

वि.सं.२०७४ मंसिर ६ बुधवार

501 

shares

kalo-pothi

६ मंसिर, काठमाडौँ  : नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई आज अवार्ड दिएको छ ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो ।

विसं २०७३ मा रिलिज भएका फिल्ममध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटक मीन भाम र अविनाश विक्रम शाहले (कालोपोथी) अवार्ड पाउनुभयो ।

त्यस्तै सम्पादनतर्फ डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता विपीन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले अवार्ड पाउनुभयो ।

विसं २०७२ मा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी)ले अवार्ड पाउनुभयो ।

त्यसैगरी विसं २०७१ सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)ले अवार्ड पाउनुभयो ।

उक्त कलाकारलाई फिल्म निर्देशक यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र नायिका भुवन चन्दले अवार्ड प्रदान गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष यज्ञशले प्राविधिक कारणले समयमा नै उक्त अवार्ड वितरण गर्न नसकेको भन्दै नेपालमा निर्माण भइरहेका मौलिकतामा आधारित राम्रा कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रममको आयोजना गरेको बताउनुभयो ।

वि.सं.२०७४ मंसिर ६ बुधवार १३:४० मा प्रकाशित

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

यी दश चलचित्रलाई ‘डिजिटाइजेसन’ गर्दै बोर्ड

काठमाडौँ । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने...

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक...

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन कबिर...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

किएभ, युक्रेन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम...

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

स्टकहोम, स्वीडेन । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप...

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध...