Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते



chituwa७ मंसिर, सुरुङ्गा, झापा । झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी बुधबार प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् ।

शिवाकोटीलाई धान काट्ने क्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने कोणबाट विवाद छ । हालका

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको