दिनेश हरिजन,रुपन्देही ।
जिल्लामा अहिले दर्जन भन्दा बढि पार्टीका उम्मेदवारहरु आ आफनो विकासका एजेण्डा, शिक्षा, स्वास्थ्य लगाएतका विभिन्न एजेण्डाहरु लिएर जनताहरुको घर घरमा पुगिरहेका छन । उनिहरुले देशमा धेरै परिवर्तन आएको छ, गणतन्त्र आएको, जातिय विभेद अन्त्य भएको आदी लगाएत दाबी गरिरहेका छन यहा सम्मकी कतिय उम्मेदवारहरु त आफु र आफनो पार्टी जितेमा न न थरिका सपनाहरु बडदैछन । तर रुपन्देही जिल्लाकै क्षेत्र न. एकमा रहेका दलित बस्तिमा गणतन्त्र पश्चाप्त भएका संसदहरुले विकासको नाममा बि पनि गरेको देखिदैन ।
विगतका संसदहरुले विकासको नाममा आएको बजेटहरु सबै आफनो आफनो जात र नातेदारहरुको गाउहरुमा लगानि गरे तर दलित समुदायहरुका बस्तिहरुमा भने केही काम नगरेको रोहिडी गाउ पालिका वार्ड न. ७ का शिक्षक हरिराम चमारले बताए । उहाका अनुसार पपहिलो सबिधान सभाको चुनावमा यो क्षेत्रमा मधेशी समुदायकै उमेद्धार जितेका थिए दोस्रोमा मुस्लिम समुदायका । तर दुबैले विकास र सशक्तिकरणका कार्यक्रम कहिल्यै पनि ल्याएनन् बल्कि उनिहरुले आफनो नातेदारहरुको घर, गाउलाई मात्रै विकास गरेको उनको अरोप छ । यस क्षेत्रमा रहेका दलित समुदायका बस्तिहरुमा प्राय ः नेताहरुले सपना मात्रै बडेको सरदारनगर गाउका रामेश्वर धोबीले बताए । सरदारनगर गाउमा रहेका चमार टोल ,धोबी टोलहरुमा आफुहरुले जिताएर पठाएको संसदले कहिले फर्केर मुख पनि देखाउन नआएकोले अबको चुनावमा आफुहरुले भोट नदिने निर्णय गरेको चमारटोलका युवा जितेन्द्र हरिजनको भनाई छ ।
उनका अनुसार आफुहरुको गाउलेहरुलाई उच्च जातकाले जातिय विभेद गर्दा संसदले ने पुलिस कार्यलयमा फोन गरि घटना मिलाउन दबाव दिएको बताए । उता क्षेत्रको दक्षिणी भेग खोखरहानी गाउको चमारटोलमा पंचायतकालमै बनेको बाटो र नालीहरु वि.स. २०६० सालमै बिग्रेको र हाल सम्म बनेको छैन । पश्चिम उत्तरतिर मस्लिम समुदायको बसोबास रहेको र उनिहरुकै नातेदार संसादमा जिते पछि उनिहरुको गाउमा सडक बन्यो तर आफुहरुको गाउलाई दलित चमारहरुको हो भनि बिकासका लागि कहिल्यै चासो नदिएको गाउका अगुवा रामप्रसाद चमारको भनाई छ । उहाका अनुसार गा.वि.समा विकासको बजेट, शसक्तिकरणको बजेट सबै मुस्लिम र अन्य उच्च जातहरुको गाउमा मात्रै आएको आफुहरुको गाउमा कुनै किसिमको बजेट नै नदिएको र बजेटका बारेमा संसदलाइृ भेटेरे कुरा गर्दा आफुहरुलाई उहाका नातेदारहरुले हेपेको आरोप लगाए । चमार भन्छन कि अब आफनो गाउका मानिसहरुले जुन पार्टिले विकास गर्छ, जुन पार्टिले जातिय विभेद गर्दैन त्यो पार्टीलाई भोट दिने निर्णय गरिरहेको बताए ।
उसो पनि आफुहरु दलित भएकोले आफुहरु दलित समुदायलाई भोट दिने अमरावती चमाईनको भनाई छ । उता टिकर गाउमा रहेका दलित समुदायहरु प्नि विगतका संसदहरुले केही पनि विकास र जातिय विभेदका विरुद्धका कार्यक्रमहरु नल्याएकाकेले अब उनिहरुलाई भोट नदिने गाउका अगुवा सोनमति चमाईनको बताईन् ।
उनका अनुसार अबको चुनाउमा आफुहरु दलित भएकोले यहा सबै गैर दलित समुदायका उमेद्धवारहरु उठेकाले उनिहरुलाई आफनो घरका सबै सदस्यहरुले भोट नै नदिने बताईन् । उनले भनिन् यस क्षेत्रमा एक जना मात्रै दलित समुदायका उमेद्धवार उठेकोले उहालाई भोट आफुूपनि दिने र अरुलाइृ पनि दिन लगाउने बताई । हुनत यस क्षेत्रबाट बाम गठबन्धनबाट एमालेका पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, संघिय समाजबादी पार्टीबाट विद्यया यादव, लोकतान्त्रिक गठबन्धनबाट हाल बहालवाला मन्त्रि अबदुल रज्जाक, राजपाबा प्रशान्त गुप्ता लगाएका नेताहरु विधायक, संसाद पदका लागि चुनावी मैदानमा रहेका छन ।