नेपाली जनप्रगतिशील मंच युरोपले जनगायक तथा नेकपा माओवादी केन्द्रका सल्लाहका खुसीराम पाख्रिनको असामयिक निधनले मर्माहत भएको जनाएको छ ।
मंचका अध्यक्ष डा. कृष्ण अर्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी जनगायक, रचनाकार, संगीतकार, नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा पूर्वसांसद खुसीराम पाख्रिनको असामयिक निधनले केहिदिन अघिमात्र हुदयघातका कारण जीवन गुमाएका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रतिबद्ध जुझारु युवानेता प्रकाश दाहालको मृत्युको पीडामा रहेका सम्पूर्ण पार्टी कार्यकर्ता र समर्थकहरुमा फेरि अर्को पीडा थपिएको जनाएका छन् ।